नमूना काम गरेर देखाउँछु : मन्त्री बोहरा
नेपालबहस संवाददाता
बैशाख ४, २०७९ आइतबार २३:५७:३९
४ वैशाख, डडेल्धुरा । सुदूरपश्चिम प्र्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहराले नमूना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छ । दुई साता अगाडि मात्रै सामाजिक विकासमन्त्रीको शपथ लिनु भएका मन्त्री बोहराले डडेल्धुरा पुगेर स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुदूरपश्चिमका नौवटै जिल्लामा नमूना कार्य गरेर देखाउने बाचा गरे ।
सुदूरपश्चिम अझै पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा पछाडि रहेको बताउँदै उहाँले जनतामुखी बजेट ल्याउन सबै क्षेत्रका विज्ञ व्यक्तिसँग छलफल गरिरहेको जानकारी दिए । जिल्ला सदरमुुकाम पुगेका सामाजिक विकासमन्त्री बोहराको जिल्लावासीले अभिनन्दनसमेत गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि समाजिक विकास मन्त्रालयको जिम्मा पाएका अमरगढी–३ चमसाल घर भएका गोविन्दराज बोहरा पहिलो पटक गृहजिल्ला डडेल्धुरा पुगेका हुन् ।
स्वास्थ्यका क्षेत्रमा आफ्नो कार्यकाल अवधिमा लक्षित समुदायका मानिसको निःशुल्क स्वास्थ्य बीमा गर्ने मन्त्री बोहराले बताए । सुदूरपश्चिमका कुनै पनि व्यक्तिले औषधि नपाई वा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन सरकारी तवरबाट नै स्वास्थ्य बीमा गराइने मन्त्रीले बताए ।
सोमबारसम्म गृहजिल्ला भ्रमणमा आएका मन्त्री बोहराले कांग्रेस हरेक क्षेत्रमा बलियो रहेको कुरा उल्लेख गर्दै तल्लो कमिटीले निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । डडेल्धुराका सातवटै स्थानीय तहमा पार्टीको सूचाङ्क बलियो देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार