अब धुलिखेल अस्पतालबाट ‘म्यामोग्राफी’ सेवा
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार २१:३९:३०
५ वैशाख, बनेपा । स्तनमा हुने क्यान्सरको अवस्था पत्ता लगाउन गरिने परीक्षण विधिअन्तर्गतको ‘म्यामोग्राफी’ सेवा अब धुलिखेल अस्पतालबाट उपलब्ध हुनेछ । यसअघि परीक्षण गर्ने म्यामोग्राम मेशिन नहुँदा भक्तपुर र काठमाडौँ धाउनुपर्नेमा अब सो सेवा धुलिखेल अस्पतालबाट नै उपलब्ध हुने अस्पतालका प्रा।डा. सुमनराज ताम्राकारले बताए।
स्तन क्यान्सरसम्बन्धी जनचेतनाको कमी, गरिबी तथा शिक्षाको कमीका कारण नेपालमा ढिलो गरी मात्र रोगको पहिचान हुने गरेको पाईन्छ । रोग शरीरका अन्यत्र भागमा फैलिसकेको अवस्था हुन सक्ने भएकाले बेलैमा उपचार गरी ढुक्क हुन हरेक महिलाले यसबारेमा थाहा पाउन र परीक्षण गर्न आवश्यक रहेको अस्पतालका डाक्टर ताम्राकारले बताए । “शरीरको अन्य भागमा झैँ स्तनका कोषहरुमा पनि असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ,” उनले भने, “उमेर ढल्किसकेका महिला, अनुवांशिक खराबी भएका, ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने, कम उमेरमै महिनावारी सुरु भएका तथा ढिलो गरी मात्र महिनावारी भएका, अधिक धुम्रपान तथा मद्यपान गर्ने, चिल्लो तथा बोसोयुक्त खाना बढी सेवन गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।”
शङ्का लागेर म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्स–रे गराएको खण्डमा स्तनको क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सक्ने भएकाले यसबाट बेलैमा उपचार गर्न नियमित रुपमा स्तन परीक्षण गराउन आवश्यक रहेको उनले बताए ।
अस्पतलाका डा.सुनिला शाक्यले स्तन क्यान्सर हुने पूर्व अवस्था पत्ता लगाउने विधि नभएकाले त्यसबाट नियमित परीक्षण गरी बेलैमा सही उपचार गर्न सकिने भएकाले सो सेवा आवश्यक रहेको बताए। स्तनमा केही परिवर्तन देखिएमा समयमा नै परीक्षण गरी उपचार गराउन उनले सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह
कात्तिक ११, २०८१ आइतबार
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार