नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्पमा १० विशेषज्ञ !
नेपालबहस संवाददाता
बैशाख ८, २०७९ बिहिबार २३:४५:४७
८ बैशाख, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई वृहत क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको छ
।
नर्भिक अस्पतालले आगामी बैशाख १ गते आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिवार-१६ अप्रील)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन गर्ने भएको हो ।
क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरुलाई एकैपटक फ्री क्याम्पमा उतारिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरु डा. एलिजा श्रेष्ठ, डा.बानिरा कार्की, डा. दीप लामिछाने, डा. सुदीप शाक्य, डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा.श्वेता बराल र डा. विवेक खनालको सहभागिता रहनेछ । क्यान्सर विशेषज्ञहरुको यो टिमले शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ ।
नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा दिंदै आएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक हप्ताको शनिवार विशेषज्ञहरुलाई निःशुल्क ओपिडी सेवामा परिचालन गर्ने गरिएकोमा आउने साता भने क्यान्सरको वृहत क्याम्प नै संचालन हुन लागेको हो ।
क्यान्सर स्क्रिनिङको वृहत क्याम्पमा सहभागी भई निःशुल्क सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार