तिनाउ पाल्पाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घाेषणा
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १८:२८:२७
९ वैशाख, रामपुर (पाल्पा)। तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । तिनाउ जिल्लाकै पहिलो कोरोना –१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्रप्रसाद गिरीले बताए । उनले कोरोना–१९ को सुरुको अवस्थादेखि हालसम्म रोकथाम, न्यूनीकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै पहिलो भएको जानकारी दिए ।
गाउँपालिकाले १२ वर्षभन्दा माथि उमेरका व्यक्तिको खोज र खोप अभियान सञ्चालन तथा घरपरिवार, विद्यालय सर्वेक्षणलगायत मापदण्ड पूरा गरेर जिल्ला खोप समन्वय समिति, खोप व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालयबाट अनुगमन प्रक्रिया पूरा गरेकाले उक्त गाउँपालिकालाई जिल्लाकै पहिलो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
गत फागुन १२ देखि घोषणा अभियानका लागि विभिन्न सूचक पूरा गरेकाले कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चत भएको पालिका बनाउन सफल भएको प्रमुख गाउँपालिकाका प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । उक्त गाउँपालिका कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित हुुुने ७५३ स्थानीय तहमध्येमा पाँचौँ र गाउँपालिकामध्ये दोस्रो भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार