खानेपानी आयोजना निर्माण सुरूवात
नेपालबहस संवाददाता
बैशाख ९, २०७९ शुक्रबार १९:३:४०
९ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ मा रु सात करोडको लागतमा Cआयोजना निर्माण कार्य अगाडि बढाइएको छ । “लामो समयदेखि हेण्डपम्पको पानी प्रयोग गर्दै आएका थियौँ”, स्थानीय शेरबहादुर सार्कीले भने, “आयोजना निर्माण हुन थालेपछि शुद्ध खानेपानी पाउनेमा आशावादी छौँ ।”
हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायत रसाइनका कारण विभिन्न किसिमका रोगको समस्या स्थानीय बासिन्दाले झेल्दै आएका छन् । छ सय घरघुरीमा सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । दुई वर्षभित्रै उक्त आयोजना सम्पन्न गर्ने गरी कार्य भइरहेको छ । उनका अनुसार स्थानीय बासिन्दाका घरघरमा खानेपानी पुर्याउने लक्ष्यअनुरुप कार्य अगाडि बढाइएको छ । आवश्यकताका आधारमा सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य चौकीलगायत क्षेत्रमा धारा राख्ने योजनासमेत छ ।
“खानेपानी आयोजनासँगै वडा क्षेत्रमा नगर उद्यान निर्माणको कार्यसमेत अगाडि बढ्ने भएको छ”, वडाध्यक्ष ऐरले भने, “रु दुई करोड २० लाखको लागतमा नगर उद्यान निर्माण हुन लागेको छ ।”चार बिघा जग्गामा निर्माण भइरहेको उद्यानमा बालबालिकाका लागि खेल्ने मनोरञ्जन गर्ने साधनसँगै फूलबारी, सौर्यबत्ती, पानीका फोहरा राखिनेछन् । पालेघर, पर्खालसँगै शौचालयसमेत निर्माण गरिने छ । घरकटुवा खोलामा रु ८३ लाखको लागतमा मल्टिस्पान झोलुङ्गेपुल, रु १२ लाखको लागतमा वडाका विभिन्न स्थानमा सौर्यबत्ती, रु चार लाखको लागतमा १२० वटा सडक बत्ती, रु १४ लाख ५० हजारको लागतमा २७ ठाउँमा खानेपानीको अटोजन नल्का गाडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार