सान्दाजु ! तिमीले गएर ठिक गर्यौं
यज्ञप्रसाद भट्टराई
बैशाख १६, २०७९ शुक्रबार १८:२८:२९
हिजो बिहान झिसमिसे मैं
मेरो घरको बार्दलीमा एउटा कालो कौवाले
आएर मलिन स्वरमा ध्वनि जगायो ।
अनायास झल्याँस्स ब्यूँझिए,
पितापुर्खाले भन्दै आएको आख्यान संझिएँ
केही दिनदेखि मनमा उकुसमुकुस भैरहेका व्याख्यान संझिएँ
कुनै नकारात्मक र संवेगात्मक सन्देश लिएर
पो आएको हो कि ? भन्ने भान पर्यो
अनुहारको खुशी चिउँडो हुँदै नितम्ब तिर झर्यो ।।
अत्यन्तै मलिन स्वरमा, नाँके आवाज निकालेर
कौवाले सन्देश गरिरहेको थियो
तेरो पार्टीले तेरै आदर्श पुरुष बीपी कोइरालाको सपना बिर्सियाे
विश्व राजनीतिको उपल्लो दर्जामा उक्लिएको बीपी कोइरालाको दर्शन बिर्सियाे ।।
अझ भनौं, अराजक र उदण्डताको
अर्को रुपसँग मितेरी लगाएको छ,
तेरो आदर्श पुरुष बीपीको समाजवादलाई
टुकुचामा लगेर बगाएको छ,
गठबन्धनका नाममा बीपीको अस्तित्व बेचेर
कम्यूनिष्टको नाममा रहेको कलंकको टीका लगाएको छ ।।।
सधैं झैं मैले उसलाई मेरो बार्दलीबाट
तुरुन्त उडेर जा भनिन
उ अझै कतिञ्जेल यहाँ अड्डा जमाउने हो भनेर
औंला भाँचेर गनिन
मेरो मानसपटलमा केवल बीपी देखें
मलिन मुहारमा झुस्स सेतै फुलेका
दाह्री छामेर आफुले रोपेको रुख र चारतारे झण्डा समाउँदै
आफैले निर्माण गरेको नेपाली कांग्रेस
जोगाई दिन अत्यन्तै मलिनतामा
अनुनय विनय गरिरहेको आभाष देखें ।।।
मैले मरिसकेको बीपी देखेर के भो ?
चारतारे झण्डा र रुखको कालजयी इतिहास र संघर्षमय बिगत लेखेर के भो ?
शहिदका सपनामाथि रक्तरञ्जित बिस्कुन थापेर
पाउरोटीलाई पिजा भन्दै बेच्नेहरुले
आफ्नै पार्टीका कर्मठ योद्धा, नेता तथा कार्यकर्ताहरुलाई झिँगा गन्दै
कार्वाही नामको तरवारले रेटनेहरुले
तिमीलाई नसंझिदाँ पनि भएकै छ ।
तिम्रा विचारको विज्ञापनले उनीहरुको
व्पापार चलेकै छ ।।।।
जड्याहाले रक्सी धोक्न, घरका चामल चोर्न थालेपछि
आफ्नाे नितान्त व्यक्तिगत स्वार्थपूर्ति गर्न
दुश्मनसँग बाहाँ जोडन थालेपछि
मैले मलिन हुँदै बीपीलाई भने
सान्दाजु ! यहाँ त सबै सत्यनास भैसक्यो
तिम्रो नाम मात्रै हैन, तिम्रा विचार र भावना सबै
लिलामीमा चढेर गैसक्यो
हेर त हामी कति निरीह भएका छौं ?
बिस्तारै अवसानको बाटोमा गएका छौं ।।।।
तिमीले जसलाई घरको तालाचाबी सुम्पिएर गयौ
जुन विचार र सिद्धान्तको परिकल्पना गरेर
नेपाली जनतामा आशा र भरोसाका किरण छरेर
तिमी महामानव भयौं
ती सबै विचार, आदर्श र सिद्धान्तहरु
भाङ्गाफुट्टा खरिद गर्ने भैयालाई
भुजियामा बेचेर तिम्रा उत्तराधिकारी हुँ भन्ने बज्रस्वाँठहरुले
कवाडीखानामा पुर्याईसकेका छन् ।
त्यसैले मसँग तिमीले तिम्रो आदर्श रक्षाको
भिख माग्ने कोशिश नगर
कम्यूनिष्टहरुसँग मिलेर लोकतन्त्रको आन्दोलन गर्नै हुन्न
ल्याए पनि त्यो दिगो र दीर्घकालिन हुन्न
भनेर ढिपी पनि नगर
यहाँ त, तिमीले जे भन्यौ
त्यसको ठिक विपरित भएको छ
तिमीले जन्माएको नेपाली कांग्रेस नाम गरेको पार्टी
कम्युनिष्टहरुको घरमा गोठालो बस्न गएको छ ।
तिमीलाई के थाहा ? यहाँ हामीलाई जिउँदै मर्नु भएको छ ।
सान्दाजु, तिमीले गएर ठिक गर्यौं
हामीलाई नेपाली कांग्रेस भएर बाँच्न समेत यहाँ कठिन भएको छ ।।।
भन्छन्, हँसिया हथौडा र कलममा भोट नहाले
पार्टीको बिधान विपरित काम गर्ने सूचीमा पर्छौ
तिम्रा घरका बिजुलीलाई काटेर
तिमीहरुलाई चौबाटामा भाटे कार्वाही गर्छौ
तिम्रा छोराछोरी पढाउने स्कूलमा भर्ना बन्द गराउँछौं ।
हामीले भनेको नमान्नेलाई जिते पनि हराउँछौं ।
यत्ति गरेर भएपनि हामी कम्यूनिष्टसँग तालमेल गछौं
कम्युनिष्टहरुसँग तालमेल नगरे त हामी सिधैं नर्कमा पर्छौ ।।
नर्कमा बसेर नर्कको बिरोध गर्नेहरुलाई
आफ्नै स्वर्ग जस्तो घरमा आगो लगाएर
खरानीको व्पापार गर्नेहरुलाई
हामी बाँचुञ्जेल तिरस्कार र घृणा गरिरहने छौं
भो, चित्त नदुखाउ, अहिले आफ्नै बासस्थान फर्क सान्दाजु
पछि हामी त्यही आएपछि सबिस्तार सबै कहने छौ । ।। जय नेपाल ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार