नेपाल प्रहरीको २९ औं आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १९:२९:३९
१८ वैशाख, काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुख ( २९ औं आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।
सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।
पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर आईजीपीको रोलक्रममा ल्याउने गरी एकल बढुवा गरेर एआईजी बनाएको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले वरियतामा पोखरेल र थापाभन्दा पछाडि रहेका सिंहलाई आईजीपी बनाएको छ ।
आईजीपीमा बढुवा भएका धीरजप्रताप सिंह नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा पहिलो नम्बरको इन्स्पेक्टर बन्न सफल भएका थिए । सेवा प्रवेश गर्दा नै नम्बर एक बनेका उनले एसपी बढुवासम्म अग्रता कायम राख्न सफल भए । २०६१ मा डीएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे ।
तर, एसएसपी बढुवा हुँदा २ नम्बरमा परे । उनलाई विश्वराज पोखरेलले उछिने । त्यसपछि पोखरेलले छलाङ मारेर आफूभन्दा अघिल्लो ब्याचीलाई पनि उछिनेर डीआईजी बढुवा पाए । यो घटनाले प्रहरीभित्र निकै असन्तुष्टि छायो । एआईजी बढुवा हुँदा पनि दरबन्दी नै बढाएर भए । त्यतिबेला उनले आफूभन्दा दुई ब्याच माथिकालाई उछिनेका थिए ।
पोखरेलको यो छलाङ रोकिएको छ । धीरजप्रताप सिंहले आईजीपीमा बाजी मारेका छन् । सिंहको ब्याची विश्वराज पोखरेल इन्स्पेक्टर भएर सेवा प्रवेश गर्दा १६ नम्बरमा थिए । डीएसपी हुँदा १८ र एसपी हुँदा ५ नम्बरमा थिए । तर, एसएसपी हुँदा आफ्ना ब्याचीका ४ जनालाई उछिनेर नम्बर वान बन्न पुगेका छन् ।
नेपाल प्रहरीमा अपराध अनुसन्धानमा अब्बल मानिएका सिंहले जोखिमयुक्त ठाउँको कमाण्ड सम्हाले । उनी पर्सा प्रहरी प्रमुख भएर काम गरे । अपराध अनुसन्धान महाशाखाको पनि कमाण्ड सम्हाले । प्रदेश नं २ को कमाण्ड सम्हाले । सीआईबीमा रहेर उनको कार्यकालमा जोखिमयुक्त कार्य सम्पन्न गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा
माघ ४, २०८१ शुक्रबार
दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति
माघ ५, २०८१ शनिबार
‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’
माघ ५, २०८१ शनिबार
घरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
माघ ५, २०८१ शनिबार
आकर्षक रोजगारीको प्रलोभनमा परी विदेश नआउन नेपाली दूतावास बैंककको आग्रह
माघ ५, २०८१ शनिबार
आईसीसी यू–१९ महिला विश्वकपः पहिलो खेलमा आज नेपालले बंगलादेशसँग खेल्दै
माघ ५, २०८१ शनिबार