मतदान स्थलमा मोबाइल लिन निषेध : आयोग
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार २२:२:२५
२० बैशाख, काठमाडाैं । निर्वाचन आयोगले मतदान स्थलमा मोबाइल लिन निषेध गरेको छ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचनमा आयोगले मतदान स्थलमा माेबाइल लिन नपाइने जनाएकाे हाे ।
आयोगका अनुसार निर्वाचनका लागि मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची-३३ बमोजिमको हुने किसिमले मतदान केन्द्र बनाउनुपर्छ ।
मतदाता प्रवेश गर्ने द्वारमा ‘भित्र’ र मतदाता बाहिर निस्कने द्वारमा ‘बाहिर’ लेखिएको कार्ड सबैले देख्ने गरी टाँस्नुपर्ने, मतदान केन्द्रको बाहिरपट्टि सबैले देख्ने गरी धूम्रपान निषेधित क्षेत्र तथा हातहतियार निषेध लेखिएको कार्ड झुन्ड्याउनुपर्ने आयोगले जनाएकाे छ ।
मतदान केन्द्र बनाउँदा स्थानीय व्यक्तिको सहयोग लिन तथा त्यस केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई सो काममा लगाउन सकिने पनि आयोगले जनाएकाे छ। केन्द्र बनाउँदा स्थानीयस्तरमा उपलब्ध हुने डोरी, बाँस, घोचा, पालजस्ता सामग्रीको उपयोग गर्न सकिने बताइएकाे छ ।
यसरी निर्माण गरिएको मतदान केन्द्रमा मतदान कार्य सञ्चालनका लागि आवश्यक पर्ने टेबुल, बेन्च, कुर्सीलगायत सामग्रीको व्यवस्था मिलाउनुपर्छ ।
यस्तो हुनुपर्छ मतदान केन्द्र :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार