सुक्खा मौसम सुरु भएसँगै सर्लाहीका बस्तीमा खानेपानीको समस्या
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १९:३३:९
२६ बैशाख, सर्लाही । सुक्खा मौसम सुरु भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो ।
उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको इश्वरपुर नगरपालिका– १२ का बासिन्दा रामबाबु थिङले गुनासो गरे । उनका अनुसार धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरुले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भए पनि अहिले ती कुवा पनि सुक्न थालेपछि खानेपानीको समस्या भएको हो ।
इश्वरपुर–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका–१५ का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४ का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ ।
जिल्लाको कर्णाली भनेर चिनिने यी स्थानका बस्तीमा अरु समयमा पनि सहजै शुद्ध पिउने पानी पाउन समस्या हुने गरेको भए पनि सुक्खा मौसम सुरु भएपछि खानेपानीको थप समस्या देखिएको इश्वरपुर–१२ की जानकी माया विकले बताए । जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै खानेपानीको समस्या सुरु हुन्ने गर्दछ । स्थानीय सरकारलाई यो विषयमा जानकारी भएको भए पनि समस्या समाधान गर्न स्थानीय सरकार लागि नपरेको ईश्वरपुर–१२ का जीवन तामाङले बताए ।
यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका प्राविधिकले बताएका छन् । हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रका अरु बस्ती भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोला लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भए पनि त्यो समस्या समाधान गर्न स्थानीय सरकार लागि नपर्दा सो क्षेत्रका सयौँ बस्तीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीय युवा तेज तामाङले बताए ।
उनका अनुसार एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् । ‘गाउँका सयौँ घरधुरीका लागि अहिले खानेपानीको जोहो गर्न निकै समस्या हुने गरेको हो । “गाउँमा एउटा मात्रै कुवा छ, त्यही कुवामा पनि हिजोआज रातभर जम्मा भएको पानीले दुई÷चार घरलाईसमेत पुग्दैन”, लालबन्दी–१४ नारायणखोलाका जीतबहादुर रानाले भने ।
फागुन/चैत, बैशाख र जेठमा चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको लालबन्दी–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे । खानेपानीको अभाव टार्न दुई वर्षअघि बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पु¥याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार