धर्मेन्द्र बास्तोला नेतृत्वमा नेकपा (बहुमत) को घोषणा, १ फागुनमा महाधिवेशन
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार २०:१९:२
२६ बैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो ।
पार्टीको नवौं महाधिवेशन काठमाडौंमा आगामी १ फागुनमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि सार्वजनिक गरे ।
उक्त पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने पार्टी महाधिवेशन आयोजक कमिटी सदस्य गुणराज लोहनीले न्युज कारखानालाई जानकारी दिए ।
उनका अनुसार पार्टीको कार्यनीति भने राजनीतिक स्थायीत्व, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनता रहेको छ ।चितवनमा हालै सम्पन्न भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’लाई हटाएको थियो । सोही भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो ।
स्थानीय तह निर्वाचनमा जाने भएपछि ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मतभेद चुलिएको थियो । नेता बास्तोलासँगै अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायत बहुमत नेताहरू भने निर्वाचनमा जान तयार थिएनन् ।
यसपछि उत्पन्न विवादकै बीच आपसमा कारबाहीमा उत्रिए । अन्ततः बास्तोलासहितका नेताहरू अलग भएर नयाँ पार्टी स्थापना गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार