विद्युत् उत्पादनको तयारीमा रहेकाे माथिल्लो दोर्दी ए दुई करोड घाटामा
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ मंगलबार १:३३:४५
२६ वैशाख, लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ ।
कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए निर्माण गरिरहेको छ । असार पहिलोबाट आयोजनाको बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र बस्तीले बताए । आयोजनाको बाँकी काम २०७९ जेठभित्र सम्पन्न गरी असार पहिलो साताबाट बिजुली उत्पादन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
आयोजनाबाट उत्पादन भएको विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइनको प्रयोग गरी मध्यमस्र्याङदीको स्वीचयार्डमा पुराइने भएको छ ।
चैतसम्मको अवधिमा १ करोड ९९ लाख १८ हजार ६ सय ८० रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका घाटा गत वर्षको यही समय अवधिको तुलनामा भने घटेको हो । गत वर्ष ३ करोड २४ लाख ३२ हजार ५ सय २४ रुपैयाँ घाटामा थियो ।
आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार