गाउँ मिलाउन सभापति देउवा डडेलधुरातिर, अध्यक्ष ओली झापातिर
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १८:३:२२
२७ बैशाख, काठमाडौं । छुट्टाछुट्टै गठबन्धन बनाएर स्थानीय तह निर्वाचनमा होमिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार विहानैदेखि गृह जिल्लाको व्यवस्थापन मिलाउन क्रियाशील छन् ।
एमाले अध्यक्ष ओली गृहनगर झापाको काम सकेर दिउँसो चुनावी सभालाई सम्बोधन गर्न काठमाडौं आउँदै छन् भने प्रधामन्त्री समेत रहेका कांग्रेस सभापति देउवा मतदान सकेर मात्रै काठमाडौं फर्कने कार्यक्रम छ ।
चुनावी अभियानका क्रममा देश दौडाहमा रहेका देउवा मंगलबार गृहजिल्ला डडेलधुरामा छन् । देउवाले आज गृहजिल्लामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा सभा सकेर गृहजिल्लामा नै बस्नेछन् । देउवाले पूर्वमा विराटनगरदेखि काठमाडौं, चितवन, दाङलगायत विभिन्न स्थानमा भएका सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
उनको गृहनगरमै कांग्रेसबाट बागी परेकाले मिलाउन समस्या छ । पूर्व जिल्ला सभापति कर्ण मल्ल अहिले पूर्णरुपले देउवा पक्षलाई हराउने अभियानमा छन् । पूर्वमन्त्री एव कांग्रेस नेता पुस्करनाथ ओझाले पनि देउवालाई साथ दिएका छैनन् । उनी देउवापत्नी आरजुलाई हराउन लागेको आरोपमा कारवाहीमा परेपछि देउवासँग टाढिएका छन् ।
यता, एमाले अध्यक्ष ओली मंगलबार गृहजिल्ला झापाको दमक पुगेका छन् । उत्तरी मोरङको मिक्लाजुङस्थित मधुमल्लामा आयोजित चुनावी सभामा भाग लिएर उनी झापातिर लागेका हुन् । गठबन्धनका कारण ओलीको गृहनगर दमक नगरपालिका एमालेबाट फुत्कने अवस्थामा छ ।
ओलीले एमालेले देश विकासको एजेन्डा लिएर अघि बढेको र सरकार चलाउँदा धेरै काम गरेको जिकिर गर्दै सत्ता गठबन्धन दलले आफ्ना छोरीबुहारीलाई मात्र निर्वाचनमा उठाएको दावी गर्दै दमकमा गठबन्धका नेतालाई भोट नदिन स्थानीय मतदातासँग आग्रह गर्नेछन् ।
ओलीको गृहनगर दमकमा राप्रपासहित नेपाली कांग्रेस, जसपालगायत दलको गठबन्धनले एमालेलाई चुनावी चुनौती दिएको छ । ओलीले दमकमा पनि चुनावी सभालाई सम्बोधन गर्नेछन् । ओलीले आज झापाका गौरीगन्ज गाउँपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरी काठमाडौं फर्कने कार्यतालिका रहेको एमालेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार