११ मतदान केन्द्रमा त्रिपाल, ५१ वटै मतदान केन्द्रमा व्यवस्था गर्न परामर्श
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १९:४०:७
२७ बैशाख , रसुवा । दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्येनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ । उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार उत्तरगयाका क्षेत्रको पाँचवटा वडाअन्तर्गत रहने ११ मतदान केन्द्रमा गाउँपालिकामार्फत त्रिपाल व्यवस्था गरिएको हो ।
त्रिपालको व्यवस्थापनले चिप्लेटी, ठूलोगाउँ, डाँडागाउँ, ढुङ्गे, कुवापानी र माझगाउँ समेतका स्थानमा रहने मतदान केन्द्रबाट आठ हजार ४०२ मतदातालाई सहज हुने छ ।जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धीत निकायसँग परामर्श भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।
यस्तै स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात मतगणनास्थल तय गरी पाँचवटै स्थलमा सिसी क्यामेरासमेत जडान भइसकेको र मतदान सम्पन्न गराउने सबै कर्मचारी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको समेत उहाँले जानकारी दिनुभयो । आसन्न निर्वाचनमा कूल ३८ हजार ५४५ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताएका छन् । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्धक्क साथ मतदान गर्न आग्रह गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार