कुरा कम र काम धेरै गर्ने कांग्रेसलाई मतदान गर्न देउवाको आग्रह
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १९:३८:४८
२७ बैशाख काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् । उनले कांग्रेसले भनेका कुरा पूरा गर्ने भन्दै मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपर्न भनेका छन् ।
मौन अवधि सुरु भएपछि मत माग्न नपाइने भएकाले देउवाले मंगलबार एक अपिल जारी गर्दै उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका हुन् । उनले कांग्रेसलाई भोट माग्दै आफूहरु जे भन्छौं त्यो पूरा गरेर छाड्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एकपटक ईटा थप्ने अवसर कांग्रेसलाई प्राप्त भएको भन्दै देउवाले स्थानीय तह निर्वाचनमा मत व्यक्त गर्दा ध्यान दिन मतदातालाई अपिल गरेका हुन् ।
लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको उनको भनाई छ । सबल स्थानीय सरकार, समुन्नत गाउँ र समुन्नत नगर कांग्रेसको मूलमन्त्र भएको देउवाको भनाई छ ।
उनले संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दा कांग्रेसले संविधानको रक्षा गरेको दावी गरे । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको भन्दै देउवाले यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
अपिलमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गर्दछु ।’ अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार