तीस वर्ष भयो, धारा सुक्दै गयो !
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १६:३७:१६
♦ तारानाथ आचार्य
२८ बैशाख, बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ ।
दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयवासीले दैनिकी गर्न भ्याउँदैनन् । खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर लाग्ने गरेको गुनासो गरे । तीस वर्षअघि बनेका ५० वटा धाराको भरमा वडा नं १ को सबै बस्तीमा अझै पानी वितरण छ । पानी सुक्दै गएपछि स्थानीयवासीले राति ४ बजेदेखि नै उठेर लाइन बस्दा पनि चाहेजति भर्न नपाएको गुनासोसमेत गरेका छन् । तीस वर्षअघि तुम्डाँडाका प्रेमलाल पोखरेलले १२ किमी परको तारेभिरमा पुगेर पानीको मुहान भेटेको थियो ।
विश्व सेवा लुथ्रन नामक संस्थाले यो आयोजना निर्माण गरेको थियो । पोखरेल अहिले ७५ वर्षका भए । उनी- हिँडेर मुहानसम्म पुग्न सक्दैन । गाउँलेले अझै अर्को मुहान भेटेका छैनन् । पहिलाको जनसङ्ख्या बढेर दोब्बर भइसक्यो । ‘एक घर, एक धारा’को अभियान पनि सुरु भयो तर पुरानो पानी घट्दै गएको छ । त्यसैले सरसफाइ अभियानलाई खानेपानी चुनौती बनेको छ ।
तुम्डाँडाकी सीता विकले पानी खेप्ने हतारोले छोराछोरी समयमा बिद्यालय जान नपाएको गुनासो गरे । पानी भरिसकेपछि मेलापात, खेतीपाती गर्नु त छँदैछ । उनको टोलमा १० घरलाई एउटामात्रै धारो छ । दगागाउँको वडाभवन नजिकैको धारामा त १५ घरले पानी थाप्नुपर्छ । रातिदेखि लाइन बस्छन् ।
कसैले पालो मिचेमा झगडासमेत हुन्छ । समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने भुजेलले बताए । “पानी खेपेर २०० लिटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ”, भुजेलले भने, “नत्र खानेपानीदेखि शौचालयसम्मको समस्या छ ।” बारीमा तरकारी फलाउने, गाईभैँसीलाई खुवाउने काममा त झनै धेरै पानी चाहिन्छ । दैनिक एक हजार लिटर पानी नभएसम्म दैनिकी नचल्ने भुजेलले बताए ।
टुटीफेद, गहते, सिमलचौरलगायतका बस्तीमा पनि पानीको सास्ती छ । पुरानो मुहान धेरै स्थानमा भत्केको छ । पानीको चुहावट छ, त्यसैले यहाँ नियमित पानीसमेत आउँदैन । स्थानीयवासीकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी खुवाउने काम भने थालेको तर टुक्रे बजेटले यो अभियान पूरा हुन नसकेको हो । “केही ट्याङ्की त निर्माण भइरहेका छन्, तर बजेट अभावले पूरा भएका छैनन्”, स्थानीयवासीले भने, “पूर्ण सरसफाइयुक्त वडा बनाउन लागेका छौँ, पानीकै समस्या भयो ।” सबै घरमा शौचालय बने पनि पानीकै कारण कतिपय प्रयोगमा आउन नसकेको उनले बताए ।
स्थानीय मूल सुक्दै गएकाले तारेभिरबाटै पानीको स्रोत बढाएर ल्याउनुपर्ने बाध्यता भएको स्थानीय बोमबहादुर थापाले सुनाए । हाल निर्माणाधीन आयोजनामा पुगेर मर्मत गर्नसमेत एक दिनमा नसकिने उनले बताए । “बिहानै गएका कामदार दिउँसो पुग्छन्, दुई घण्टा काम गरेर फर्कन हतार हुन्छ”, थापाले भने, “तारेभिरमा बस्न खानाको समस्या समेत छ ।” दुई महिनाअघि यहाँ निर्माणाधीन आयोजनाबाट लडेर एक कामदारको मृत्यु भएपछि स्थानीय जानसमेत डराउँछन् । तारेभिर वडा नंं ३ सिसाखानी र वडा नंं ४ जलजलाको सिमानामा पर्छ ।
पानीकै अभावले ७०० विद्यार्थी रहेको खड्गदेवी माविमा शौचालय फोहर छ । एउटा धाराको भरमा पानी वितरण गर्दा खाने, सरसफाइलगायतमा अपुग भएको शिक्षकहरूले गुनासो गरे । कतिपय बालबालिका शौच गर्नसमेत घर–घरमा जाने गरेका छन् । “पानी नभएर घरमै आएर शौचालय जान्छन्”, स्थानीयवासी दुर्गा थापाले भने, “पानीकै कारण खुला दिसामुक्त अभियान सफल पार्न कठिन भएको छ ।” आनीबानी परिवर्तन गरेर पूर्ण सफाइ वडा घोषणाको तयारी गरे पनि पानीले चुनौती थपेको उनले गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार