रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १६:५४:४३
२८ बैशाख , रोल्पा । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए।
रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको बताए । जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएकोे बताए छ । रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिए । जिल्लामा पुरुष मतदाताभन्दा एक हजार ५७६ महिला मतदाता बढी छन् ।
जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देश बाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ । मतदाता सूचीमा करिब एक हजार ५७६ बढी मात्र महिला मतदाता देखिए पनि मतदानमा यो सङ्ख्याको अन्तर अझै बढ्न सक्ने आकलन गरिएको छ ।
जिल्लामा चुनावी प्रचार–प्रसारमा समेत महिलाको सङ्ख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने बताइन्छ । रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकामा पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार