पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार २२:४४:३४
२८ बैशाख ,पर्वत । पर्वतका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् । कतिपय ठाउँमा यातायातका साधनमा त सदरमुकाम वरिपरी पैदलै हिँडेर कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । मतदानका लागि आवश्यकपर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ कर्मचारी खटिइसकेको उनले बताइन् ।
एक सय ४७ जना मतदान अधिकृत, १४७ सहायक मतदान अधिकृत, २९४ सहायक कर्मचारी, १४७ जना सहयोगी कर्मचारी गरी ११ सय भन्दा बढी कर्मचारी परिचालन गरिएको शर्माले जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार कुश्मामा तालिम दिइएको थियो ।
मतदानको मिति नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । निर्वाचनको तयारी अन्तिमचरणमा पुगेको बताए । मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको प्रजिअ सापकोटाले बताए ।
निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ७४१ जना म्यादी प्रहरी नियुक्त भएका छन् । जिल्लाभर झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सात वटा स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा १ लाख २२ हजार ५० मतदाता रहेका छन् । जिल्लाभर ३१९ पदका लागि ८६५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार