उपत्यका नगरपालिका फोरमको कार्यालय तोडफोड
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १७:२१:४२
२८ बैशाख ,भक्तपुर । उपत्यका नगरपालिका फोरमको कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ । बुधबार मध्यपुरथिमि नगरपालिका–३ स्थित गठ्ठाघरमा रहेको फोरमको कार्यालयमा तोडफोड भएको नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए । कार्यालयको ताला फुटाएर ढोका फोडिएको, कार्यालयभित्रका दराजलगायतका सामान फुटाइएको, सामान यत्रतत्र छरिएको अवस्थामा भेटिएको उनको गुनासो थियोे ।
थिमिस्थित महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक निर्मल थापाले चोरी गर्ने समूहले कार्यालय फुटाएको हुनसक्ने बताए । उनले नगरपालिका फोरमको कार्यालय र त्यही भवनमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पनि फुटाएको जानकारी दिए । सहकारीबाट रु एक हजार ८०० चोरी भएको र सोही भवनमा रहेको फोरमको कार्यालय पनि फुटाएको अवस्थामा भेटिएकाले चोरी गर्ने समूहले नै कार्यालय फुटाएको हुनसक्ने उनको जिकिर थियो ।
प्रहरी निरीक्षक थापाले प्रहरीको विशेष टोलीले दुवै कार्यालयको घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण लिएको, घटनाबारे अनुसन्धान भइरहेको र कार्यालय तथा सहकारी फुटाउनेको खोजी भइरहेको जानकारी दिए । प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरीले प्रहरी एवं सुरक्षाकर्मी निर्वाचनमा खटिएको मौका पारेर चोरी गर्ने समूह सक्रिय भएको हुनसक्ने भएकाले सबैमा सचेत रहनसमेत आह्वान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार