मतदान केन्द्रमा मतदानका लागि तयारी धमाधम
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १७:५२:२६
२९ बैशाख महोत्तरी । महोत्तरीका सबै मतदानस्थलका मतदान केन्द्रमा मत खसाल्नका लागि तयारीको गरिएको छ । जिल्लाका १५ स्थानीय तहका २५८ मतदानस्थलका ४९७ मतदानकेन्द्रमा मतदानलाई व्यवस्थित गर्न तयारीका काम भइरहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “मतदान कार्य सम्पन्न गर्न हाम्रो सबै जनशक्ति सम्बन्धित मतदानस्थल र मतदान केन्द्रमा काममा छन्”, मुख्य निर्वाचन अधिकृत दीपकप्रसाद खरेलले भने, “सबै मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारीले सुरक्षा घेरा व्यवस्थित गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदानको तरिकाबारे बुझाउन लागिपरेका छन्, यी सबै कार्य आज साँझसम्म सम्पन्न भइसक्ने छन् ।”
जिल्लाका सबै मतदानस्थल र केन्द्रको सुरक्षा संवेदनशीलताबारे अध्ययन गरिएको र सोअनुरुप सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “आम मतदाताले भयरहित भई मतदान गर्न सकुन् भन्ने ध्येयलाई प्राथमिकतामा राखिएको र सोअनुसार व्यवस्था गरिएको छ”, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने, “आम मतदातालाई निर्धक्क भएर मतदान गर्न हाम्रो आग्रह छ ।”
दक्षिणतर्फ भारतसँगको ३८ किलोमिटर सीमा जोडिएका छ स्थानीय तहका मतदानस्थलको सुरक्षा व्यवस्थामा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । यस्ता ठाउँको सुरक्षा व्यवस्था विशेष चासोसाथ गरिएको जिल्ला प्रशासनले जनाएको छ । “नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन्, सबैतिर अनुगमनको व्यवस्था मिलाइएको छ”, उनले भने, “यद्यपि मुख्य पक्ष आम मतदाता, दलहरू र उम्मेदवारमा सकारात्मक चासो हुनपर्छ ।”
मङ्लबार मध्यरातदेखि नै मौन अवधि सुरु भएको छ । यसै अवधिमा मतदानमा प्रभाव पार्न भोजभतेर, एकअर्को पक्षबीच भनाभन, दल र उम्मेदवारका कार्यकर्ता समूहमा निस्कनेजस्ता कार्यले निर्वाचन सुरक्षा र निष्पक्षतामा असर पार्ने हुँदा यस्तो कार्य नगर्न लगातार सचेत गराइएको निर्वाचन कार्यालले जनाएको छ ।
आचारसंहिता सबै पक्षबाट परिपालना गराउन अनुगमन भइरहेकाले अवाञ्छित गतिविधि भए तत्काल कारबाही गरिने बताइएको छ । स्थानीय तहको निर्वाचनका लागि यसपालि जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार