निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा लिएर निर्धक्क मतदान गर्न राष्ट्रपतिको आह्वान
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार २२:३२:४
२९ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा लिएर निर्धक्कासाथ मतदानमा सहभागी हुन आह्वान गरेकी छन् ।
भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको भन्दै निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान गरेकी हुन् ।
वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत् स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताएकाी छन् ।
जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्ने भएकाले राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने राष्ट्रपतिले आफ्नो सन्देशमा भनेकी छन् ।
उनले निर्वाचन समाज र राष्ट्रको विकासका मुद्दालाई जनताको घरदैलोमा पुर्याउने विशेष अवसरको रुपमा ग्रहण गर्नुपर्ने बताउँदै मतदानले हरेक नेपालीको विकास लक्ष्यमा सहभागी गराउने बताएकी छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार