मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो, केहीमा अवरुद्धः निर्वाचन आयोग
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार १८:२९:१७
३० बैशाख, काठमाडौं । निर्वाचन आयोगले सात जिल्लाका केही मतदान केन्द्र अवरुद्ध भएपछि ३५ प्रतिशत भन्दा माथि मत खसेको जनाएको छ । स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको आयोगको भनाई छ ।
आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशतमाथि मतदान भएको रेकर्ड आएको छ । मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।
दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएको छ । ती ठाउँमा पुनः मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार