बाबुराम भट्टराईलाई मतदान केन्द्र भित्र फोटो खिच्न दिने अधिकृतलाई आयोगको स्पष्टीकरण
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १३:३०:३६
३१ वैशाख काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई मतदान केन्द्र भित्र फोटो खिच्न दिने मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीसँग स्पष्टीकरण सोधेको छ ।
भट्टराईले मतसंकेत गरेको मतपत्रको फोटो खिची सामाजिक सञ्जालमा राखेपछि आयोगले मतदान केन्द्रमा फोटो खिच्ने दिने मतदान अधिकृतसँग चौबिस घण्टे स्पष्टीकरण सोधेको हो । शुक्रबार भएको मतदान भट्टराईले गोरखाको पालुङटार नगपालिका खोप्लाङ क अन्नपूर्ण मावि केन्द्रमा मत खसालेका थिए । उक्त केन्द्रमा मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेती रहेका थिए ।
रुपाखेतीलाई डा. भट्टराईले मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको विषयमा आयोगले ‘के कसो भएको हो ? उहाँले के कसरी गोप्य मतसंकेत गर्ने स्थानमा क्यामेरा वा मोबाइल लग्नुभयो ? निज डा. बाबुराम भट्टराईले फोटो लिने सामाग्री साथ लग्दा के कति कारणले सम्बन्धति मतदान अधिकृतले फोटो लिने सामाग्री लानबाट निजलाई रोक्नु भएन ?’ भनी स्पष्टीकरण सोधेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार