मोदीको सुरक्षा नेपाली सेनाले गर्ने, सुरक्षाका सबै अंग लुम्बिनीका केन्द्रीत
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १७:२१:२१
१ जेठ, काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका जिम्मा नेपाली सेनाले लिएको छ । सरकारले नेपाली सेनालाई सुरक्षा अंगसँग समन्वय गर्दे सुरक्षा कमाण्ड गर्ने जिम्मेवारी दिएको हो ।
हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थाका लागि लुम्बिनी पुगेका छन् । अहिले सुरक्षा निकायलाई सरकारले लुम्बिनीमा केन्द्रीत गरेको छ । नेपाली सेनाको नेतृत्वमा तीन वटै सुरक्षा निकायलाई लुम्बिनीमा केन्द्रीत गरेको हो ।
जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लागेका हुन् । मोदीको सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको हो । मोदीको सुरक्षाकै लागि नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापा समेत शनिवार लुम्बिनी पुगिसकेका छन् ।
त्यसैगरी सशस्त्र प्रहरीले पनि आफ्नो तर्फबाट सुरक्षा व्यवस्था चुस्त राखेको जनाएको छ । भ्रमण अवधिभर नेपाली सेनाको हेलिकोप्टर मार्फत सुरक्षा गस्ती र सुरक्षाको पहिलो घेरामा नेपाली सेनाले कमाण्ड गर्ने भएको हो । ‘भारतीय प्रधानमन्त्रीको साथमा आउने सुरक्षाकर्मीहरुको सहयोगमा नेपाली सेनाले सुरक्षाको जिम्मा लिनेछ त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्नेछ ’, गृहमन्त्रालय उच्च स्रोतले भन्यो ।
मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली रुपन्देही आएको छ । गत हप्ता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानमार्फत सो टोली आएको थियो । विमानमा भारतीय सैनिक अधिकारीहरु छन् । सो टोलीमा ३० जना सुरक्षाकर्मी रहेका छन् । २५६६ औँ बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् ।
उनी हेलिकप्टरबाट लुम्बिनी आउँदै छन् । लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएको छ । प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनी क्षेत्र वरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनको लागि भारतबाटै आएको सुरक्षाकर्मीहरुको टोलीले नेपाली सुरक्षाकर्मीहरुको सहयोगमा कार्यक्रम स्थल, मोदी बस्ने होटल लगायत वरपरको सुरक्षा व्यवस्थापन खटिएको छ ।
मोदीको भ्रमण कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदैछन् । भारतीय प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल समालेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ । यसअघि मोदी सन् २०१९ मा नेपाल आएका थिए । केही समयअधि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतको भ्रमण गरेका थिए ।
लुम्बिनीमा हेलिकप्टरमार्फत् आउने मोदीले मायादेवी मन्दिरमा पूजाआजा, अशोक स्तम्भमा दीप प्रज्ज्वलन र पुष्करणी पोखरी दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्ने कार्यक्रम तय गरिएको छ । मोदी हेलिकोप्टरमा भारतीय सीमावर्ती सहरबाट लुम्बिनी आउनेछन् । मोदीको यो पाँचौँ नेपाल भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले हेलिप्याडमा स्वागत गर्नेछन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ । त्यहाँ मोदी इन्टरनेसनल बुद्धिष्ट फोरमको बैठकमा सहभागी हुनेछन्।मोदीले एक बिघा जमिनमा एक अर्ब ६० करोड रुपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम छ । मोदी र देउवाले मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार