रसुवामा १४ वडाको मतगणना सकियो, एमाले आठ कांग्रेस पाँच र माओवादी एक वडामा विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १८:२८:४८
१ जेठ, रसुवा । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वडामध्ये हालसम्म १४ वडाको मतगणना सम्पन्न भएको छ । जसमा एमालेले आठ, नेपाली कांग्रेसले पाँच र नेकपा मओवादी केन्द्रले एक वडामा जितेको छ ।
कालिका–१ मा माओवादीको प्यानल, कालिका–२ मा कांग्रेस प्यानल, नौकुण्ड–१ मा कांग्रेस प्यानल, नौकुण्ड–२ मा एमाले प्यानल, आमाछोदिङ्मो–१ मा एमाले प्यानल, आमाछोदिङ्मो–२ मा कांग्रेस प्यानल, आमाछोदिङ्मो–२ मा एमाले प्यानल विजयी भएको छ ।
यस्तै, गोसाइँकुण्ड–१ मा एमाले प्यानल, गोसाइँकुण्ड–२ मा कांग्रेस प्यानल, गोसाइँकुण्ड–३ मा एमाले प्यानल, गोसाइँकुण्ड–४ मा कांग्रेस प्यानलले जितेको छ । उत्तरगया–१ मा एमाले, उत्तरगया–२ मा एमाले र उत्तरगया–३ मा पनि एमाले वडाध्यक्ष पद जितेको छ ।
गोसाइँकुण्ड–१ मा नेकपा नेकपा एमालेका उर्केन छिरिङ तामाङले तीन सय ९५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले तीन सय ६५ मत ल्याए ।
गोसाइँकुण्ड–२ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङले एक सय ९७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले एक सय ८७ मत ल्याए ।
गोसाइँकुण्ड–३ मा नेपाली एमालेका मिङमर छिरिङ तामाङले दुई सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डुक्तार तामाङले एक सय ६७ मत ल्याए ।
गोसाइँकुण्ड–४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले नौ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्बा लामाले एक सय ३६ मत ल्याए ।
नौकुण्ड–१ मा नेपाली कांग्रेसका कान्छा तामाङले पाँच सय ६९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले तीन सय ८६ मत ल्याए ।
नौकुण्ड–२ मा नेकपा एमालेका ङाफु याल्बो थोक्राले चार सय ६५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले तीन सय ३४ मत ल्याएर पराजित भए ।
उत्तरगया–१ मा नेकपा एमालेका मारसिङ तामाङले पाँच सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले चार सय ९६ मत ल्याए ।
उत्तरगया–२ मा नेकपा एमालेका टुकु सुवेदीले तीन सय ६८ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले दुई सय ९९ मत ल्याएर पराजित भए ।
उत्तरगया–३ मा नेकपा एमालेका लालबहादुर तामाङले चार सय ५१ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले चार सय २१ मत ल्याएका छन् ।
कालिका–१ मा माओवादी केन्द्रका दावा तामाङले पाँच सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले पाँच सय ४८ मत ल्याए ।
कालिका–२ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले नौ सय सात मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले सात सय ६६ मत ल्याए ।
आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा एमालेका साङ लामा तामाङले दुई सय ९० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले दुई सय ४८ मत ल्याए ।
आमाछोदिङ्मो गाउँपालिका–२ मा नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले दुई सय ५७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए ।
आमाछोदिङ्मो–३ मा नेकपा एमालेका सुरेन्द्र तामाङले तीन सय २८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले दुई सय ८१ मत ल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार