निर्वाचन आयोग अनलाइन अनुगमनमै व्यस्त, एक पटकमा ९६ स्थलको मत गणना हेर्न सकिने
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १८:५६:१४
१ जेठ, काठमाडौं । यतिबेला देशभरका ८५ मतदान केन्द्रबाहेक सबै क्षेत्रको मतगणना भइरहेको छ । जारी मतगणनाको निर्वाचन आयोगले समेत अनुगमन गरिरहेको छ । निर्वाचन आयोगको स्थापना गरिएको भिडियो सेन्टरबाट अनुगमन थालेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनास्थलमा राखिएका सीसीटिभी क्यामेरा र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टममार्फत अनुगमन थालेको हो । तथ्यांक प्रवृष्टका लागि आयोगले छुट्टै सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । जसबाट मतगणनास्थलमा राखिएका सीसीटिभीमार्फत आयोगले अनुगमन थालेको हो ।
आयोगको कार्यालयमा स्थापना भएको भिडियो कक्षमा कर्मचारीहरूले चौबीसै घन्टा अनुगमन थालेका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार तीन सयभन्दा बढी मतगणनास्थलबाट यसरी अनलाइनमार्फत अनुगमन भइरहेको हो ।
आयोगमा स्थापना भएको कक्षमा एकै पटक ९६ मत गणनास्थलको मत गणना हेर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले यस प्रकारणको प्रणालीमार्फत अनुगमन थालेको नेपालको निर्वाचन इतिहासमा पहिलोपटक भएको प्रवक्ता पौडेलले बताए ।
आयोगले ७५३ वटै पालिकाका मतगणनास्थलमा सीसीटिभी जडान गरिएका छन् । जसमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अनुगमन गरिरहेका छन् । मतगणनामा कुनै विवाद आएमा तथा सुरक्षा दृष्टिलाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिएको हो ।
निर्वाचन आयोगले मतगणनास्थलको सुरक्षा व्यवस्थालाई चुस्त, दुरूस्त पार्न सीसीटिभी क्यामेरा जडान गर्न भनेको थियो । सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सीसी क्यामेरा जडान गरेको हो । सोही जडान गरिएको सीसी क्यामेरामार्फत नै आयोगको केन्द्रीय कार्यालयमा रहेका सूचना प्रणालीमार्फत आयोगले अनुगमन गरिरहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार