धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार २१:२७:३८
१ जेठ, जनकपुरधाम । धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका छन् ।
बटेश्वर गाउँपालिका¬–१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका–१ मा सीताराम महतोले चुनाव जितेका छन् ।
एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका–१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन् । एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका–१ मा सन्तोष गोइत विजयी भएका छन् ।
माओवादी केन्द्रले कमला नगरपालिका–१ मा जित हात पारेको छ । जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन् । जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका–१ मा विजयी भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार