कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १३:५५:५९
२ जेठ ,पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०मा महेन्द्रबहादुर खड्का विजयी भएका छन् । अध्यक्ष पदमा लावतीले नेकपा ९एमाले०का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्का एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गरेका छन्। निर्वाचनको विस्तृत मतपरिणाम आउन बाँकी छ । कुम्मायकको वडा नं १ मा जसपा र वडा नं २ मा नेकपा ९एकीकृत समाजवादी०ले वडाध्यक्ष जितेका छन् । बाँकी तीन वडामा एमालेले वडाध्यक्षसहित प्यानलमै विजय हाँसिल गरेको छ ।
पाँचथरमा २६ वडामा मतगणना सम्पन्न
आठ स्थानीय तह र ६० वडा रहेको जिल्लामा आइतबार बेलुकी सम्ममा २६ वडाको मतगणना सम्पन्न भएको छ । यस्तै जिल्लाको कुम्मायक गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ ।
मतगणनाबाट प्राप्त परिणामअनुसार हालसम्म जिल्लामा नौ वडामा विजय हासिल गर्दै एमाले अग्रस्थानमा छ भने कांग्रेसले हालसम्म सात वडामा विजय हासिल गरेको छ । माओवादीले हालसम्म पाँच वडामा विजय हासिल गरेको छ । यस्तै एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक वडामा विजय हासिल गरेका छन् । जिल्लाका दुई वडामा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।
याङवरक गाउँपालिकाको वडा वडा नं १ एमालेका राजेन्द्र खालिङ राईको प्यानल विजयी भएको छ भने वडा नं २ मा गठबन्धनको कांग्रेसका देउकुमार योङहाङको प्यानल विजयी भएको छ ।
हिलिहाङ गाउँपालिका वडा नं १ मा गठबन्धनको कांग्रेसका सन्तोष लिङदेनको प्यानल, वडा नं २ मा एमालेका भीमप्रसाद हेम्ब्याको प्यानल, वडा नं ३ मा एमालेका वीरेन्द्रकुमार योङहाङको प्यानल र वडा नं ४ मा गठबन्धनको एकीकृत समाजवादीका धनपति गिरीको प्यानल विजयी भएको छ ।
फालेलुङ गाउँपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेद्वार टेकबहादुर गुरागाईं र उनको प्यानलका तीन सदस्य विजयी भएका छन् । फालेलुङको वडा नं ६ गठबन्धनको कांग्रेसका अमरवीर राईको प्यानल, वडा नं ७ मा कांग्रेसकै टेकबहादुर केरुङको प्यानल र वडा नं ८ मा गठबन्धनको माओवादी केन्द्रका श्रीहाङ केरुङको प्यानल विजयी भएको छ ।
फिदिम नगरपालिकाको वडा नं १ मा एमालेका गजाधर भट्टराईको प्यानल तथा वडा नं २ मा दीननाथ अधिकारी सहित तीन सदस्य विजयी भएका छन् । फिदिमकै वडा नं १३ मा गठबन्धनका माओवादीका दिलकुमार नेम्वाङ र वडा नं १४ राजकुमार नेम्वाङको प्यानल विजयी भएको छ ।
कुम्मायक गाउँपालिकाको वडा नं १ मा गठबन्धनको जसपाका देवेन्द्रकुमार लाओती, वडा नं २ मा गठबन्धनकै बालकृष्ण शेर्माको प्यानल विजयी भएको छ । कुम्मायक वडा नं ३ मा एमालेका बावुराम कार्की र वडा नं ४ मा फगेन्द्रकुमार सम्बाहाम्फेको प्यानलले विजय हासिल गरेको छ ।
तुम्बेवा गाउँपालिका वडा नं १ गठबन्धनको माओवादी केन्द्रका धनबहादुर कार्की विजयी हुँदा तीन जना सदस्य एमालेका विजयी भएका छन् । तुम्बेवा वडा नं २ मा एमालेका धनकुमार लावतीसहित तीन सदस्य एमालेबाट विजयी भएका छन् ।
फाल्गुनन्द गाउँपालिकाका हालसम्म तीन वडामा मतणना सम्पन्न हुँदा तीन वटामै गठबन्धनको कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं। १ मा होमप्रसाद आङदेम्बे, वडा नं २ मा सन्तोष नेम्वाङ र वडा नं ३ मा सुखवीर नेम्वाङको प्यानल विजयी भएका छन् ।
मिक्लाजुङ गाउँपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे विजयी हुँदा चार जना सदस्य गठबन्धनले जितेको छ । मिक्लाजुङको वडा नं ७ मा गठबन्धनको माओवादी केन्द्रका हेमचन्द्र रेग्मी र वडा नं ८ मा एमालेका रामेश्वर वाजीको प्यानल विजयी भएका छन् । बाँकी वडामा मतगणना जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै
माघ ११, २०८१ शुक्रबार
प्रधान सेनापति सिग्देलले गरे पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण
माघ ११, २०८१ शुक्रबार