महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १५:१:५०
२ जेठ, महोत्तरी । माओवादी केन्द्रको दवदवा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन् ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झण्डै १ हजार मतले माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए ।
प्यानलसहित दर्ता गरेका क्षेत्री समुहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ । वडा न।७, १४ र वडा न।१ मा क्षेत्री समूहको जेब्रा चिन्हवाट जित हासिल गरेको हो ।
वडा न।७ मा रामसोगारथ यादव, वडा न।८ मा भोला यादव र वडा न।१४ विजय महतो विजयी वनेका छन । उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग १ र१ मतले विजयी बन्दै गएका छन् ।
वडा न।१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाइ जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन भने कांग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार