धोबिनी २ को अध्यक्षमा जसपाका कुर्मीको प्यानल विजयी
आबिद हुसेन
जेठ २, २०७९ सोमबार १९:५८:१०
२ जेठ, वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र प्रसाद कुर्मी ८७५ मत ल्याई विजयी भएका छन् । भने उनको निकटतम प्रतिद्वन्धि नेकपा एमालेका उम्मेदवार नन्दलाल प्रसाद कुर्मीले ४९१ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका राजकिशोर प्रसाद पटेलले ३५२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी पुष्पा देवी चौहान ३३० र नेकपा माओवादी केन्द्रका राजिन्द्र प्रसाद कुर्मी ३० मत पाएका छन् ।
वडामा जसपाका कुर्मीसहितको उनको प्यानल नै विजयी भएको छ । वडाको महिला सदस्यमा जसपा कै ब्यान्ति देवी कुर्मी ९२३ मत, दलित महिला सदस्य नगिना देवी राम ९२० मत, सदस्यमा सुन्धर प्रसाद कुर्मी ८७९ मत र रमोद राउत कुर्मी ८६९ मत प्राप्त गरी विजयी भएका छन् ।
यस वडामा गाउँपालिका अध्यक्षमा जसपाका मदन चौहानले १६४८ मत, कांग्रेसका बशिष्टनारायण प्रसाद कुर्मी ८६५ मत र एमालेका महमद सदाम हुसेनले ५२६ मत पाएका छन् ।
उपाध्यक्षमा जसपाकी प्रियांका देवी यादव ८४० मत, कांग्रेसकी मंजु देवी ३५८, एमालेकी अनारकली देवी ५८९ मत पाएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार