निर्वाचित वडाअध्यक्षलाई निकटम प्रतिद्वन्दीको बधाई राजनीतिक संस्कारको थालनी भयो : स्थानीय
आबिद हुसेन
जेठ २, २०७९ सोमबार २०:१८:३९
२ जेठ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ का निर्वाचित वडाअध्यक्षलाई निकटम प्रतिद्वन्दीले बधाई तथा शुभकामना दिएका छन् ।
६ सय ५१ मत ल्याई वडाअध्यक्षमा निर्वाचित भएका नेकपा एमालेका धनमान थापासहितको प्यानललाई नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार नवराज फुयाँलले बधाई तथा शुभकामना दिएका हुन् ।
६ सय ३० मत पाएर २१ मतको झिनो मतान्तरले पराजित भएका फुयाँलले निर्वाचित वडाअध्यक्षलाई बधाई दिँदै वडाको र वडाबासीको बिकास र समृद्धिका लागि एकबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
फुयाँलको भागमा परेको १ सय १३ मत बदर हुँदा पराजय भोग्नुपरेको बताउँदै उनले मतदाता शिक्षा दिन चुकेको स्विकार गरेका छन् ।
प्रतिद्वन्दीको अनुहारसमेत हेर्न नचाहने र खोजी खोजी कमजोरी औँल्याएर आरोप प्रत्यारोप गर्ने प्रवृतिसामु फुयाँलले बधाई दिएर राजनीतिक संस्कार देखाएको भनेर सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।
उनले मत नजितेपनि मन जितेको स्थानीय निरज कार्की बताउँछन् । ठोरी १ मा राजनीतिक संस्कारको थालनी गरेर असल नेतृत्वको उदाहरण बनेको स्थानीय प्रकाश खनालको भनाई छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार