गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १७:५१:१६
३ जेठ,महोत्तरी । नेकपा माओवादीका शिर्षनेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ ।
बर्दिबास-३ नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन वटा गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार