महानगरमा गठबन्धनको सुत्र बेकाम, ६ वटामै उपमेयरको स्थिति नाजुक
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २०:२०:४१
३ जेठ, काठमाडौं । स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए । महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए । गठबन्धनमा सत्तामा सहभागी नभएको राष्ट्रिय जनमोर्चा पनि सहभागी थियो ।
गठबन्धनमा रहेका दलमध्ये कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख, माओवादीलाई भरतपुर महानगरपालिकाको प्रमुख, एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको प्रमुख र जसपालाई वीरगन्ज महानगरपालिकाको प्रमुख भाग लगाइएको थियो ।
कांग्रेसको भागमा वीरगन्ज, पोखरा र भरतपुरको उपप्रमुख, माओवादीको भागमा ललितपुरको उपप्रमुख, एकीकृत समाजवादीको भागमा काठमाडौंको उपप्रमुख र जसपाको भागमा विराटनगरको उपप्रमुख परेको थियो । गठबन्धनले सहमतिअनुसार उम्मेदवारी दिए र गत वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ । अहिले निर्वाचनको परिणामहरू आउन थालेको छ ।
हालसम्मको मतगणनाले गठबन्धन गरी उम्मेदवारी दिइएको महानगरपालिकाहरूमा गठबन्धनका दलहरू एकआपसमा इमान्दार नभएको देखाएको छ । हरेक महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका दुई भिन्न दलका उम्मेदवार रहेका थिए तर उनीहरूले प्राप्त गरेको मतमा भने निकै ठूलो अन्तर देखिएको छ ।
काठमाडौं महानगरपालिकामा कांग्रेसले प्रमुखमा सिर्जना श्रेष्ठ र एकीकृत समाजवादीले उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार सिर्जनाले ५ हजार ११४ मत प्राप्त गरेकी छन् भने रामेश्वरले ३ हजार ४८ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा समान मत गणना हुँदा सिर्जनकोभन्दा रामेश्वरले २ हजार ६६ कम मत प्राप्त गरेका छन् । ललितपुर महानगरपालिको प्रमुखमा कांग्रेसले चिरीबाबु महर्जन र उपप्रमुखमा माओवादीले बाबुराजा बज्राचार्यलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार चिरीबाबुले ७ हजार २१७ मत र बाबुराजाले २ हजार २९२ मत प्राप्त गरेका छन् ।
ललितपुर महानगरपालिकामा समान मतगणना हुँदा चिरीबाबुलेभन्दा बाबुराजाले ४ हजार ९२५ कम मत प्राप्त गरेको देखिन्छ । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीले धनराज आचार्य र उपप्रमुखमा कांग्रेसले कोपिला रानाभाटलाई उम्मेदवार बनाएको थियो । हालसम्मको मतगणनाअनुसार धनराजले ९ हजार १६५ र कोपिलाले ९ हजार ४६१ मत प्राप्त गरेका छन् ।
पोखरा महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार कोपिलाले भन्दा प्रमुखका उम्मेदवार धनराजले २९६ मत प्राप्त गरेका छन् । अन्य महानगरपालिकाको तुलनामा पोखरामा प्रमुख र उपप्रमुखले प्राप्त गरेको मत भिन्नता भने निकै साँघुरो रहेको छ ।
भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीले रेनु दाहाल र उपप्रमुखमा कांग्रेसले चित्रसेन अधिकारीलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार रेनुले ६ हजार २०२ र चित्रसेनले ७ हजार ५५८ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा समान मतगणना हुँदा चित्रसेनकोभन्दा रेनुले १ हजार ३५६ कम मत प्राप्त गरेकी छन् । विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसले नागेश कोइराला र उपप्रमुखमा जसपाले अमरेन्द्र यादवलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार नागेशले ९ हजार र अमरेन्द्रले ४ हजार ८४४ मत प्राप्त गरेका छन् ।
विराटनगर महानगरपालिकामा समान मतगणना हुँदा नागेशकोभन्दा अमरेन्द्रले ४ हजार १५६ कम मत प्राप्त गरेका छन् । अमरेन्द्रले भन्दा नागेशले झण्डै दुई गुना बढी मत ल्याएका छन् । वीरगन्ज महानगरपालिकाको प्रमुखमा जसपाले राजेशमान सिंह र उपप्रमुखमा कांग्रेसले इम्तियाज आलमलाई उठाएको थियो ।
हालसम्मको मतगणनाअनुसार राजेशमानले ८ हजार १३१ र इम्तियाजले ५ हजार ४२३ मत प्राप्त गरेका छन् । वीरगन्ज महानगरपालिकामा समान मतगणना हुँदा राजेशमानकोभन्दा इम्तियाजले २ हजार ७०८ कम मत प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार