संसद् अवरोधबारे पार्टीको सर्कुलर पर्खदै एमाले सांसद, माथिबाट निर्णय नआउँदा अलमल
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २१:६:१०
३ जेठ, काठमाडौं । नेकपा एमालेले राखेका माग यथावत रहेको अवस्थामा सुरु हुन लागेको संघीय संसद्को अधिवेशनमा के गर्ने भन्ने विषयमा एमाले सांसदहरु अलमलमा परेका छन् ।
प्रतिनिधि सभाका सभामुल अग्निप्रसाद सापकोटाको राजीनामा र एमालेले कारवाही गरेका सांसदलाई पदबाट हटाउनुपर्ने मुख्य माग राखेर उसले यसअघिको संसद अधिवेशनमा सदन अवरोध गर्दै आएको थियो ।
मंगलबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनका बैठक आह्वान गरिएको छ । तर, एमालेले अवरोध गर्ने या नगर्नेबारे कुनै निर्णय लिएको छैन । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संघीय संसद्मा अवरोध गर्ने कि नगर्ने भन्नेबारे नयाँ निर्णय भइनसकेको बताएका छन् ।
मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रमपछि उनले संसद्को अवरोधका विषयमा दिउँसो ३ बजेसम्ममा निर्णय हुने बताएका थिए । तर, के गर्ने भन्नेबारे अहिले सम्म कुनेपनि एमाले सांसदलाई सर्कुलर नगएको बताइएको छ ।
स्थानीय तहको निर्वाचनका कारण यसबारे पार्टी छलफलमा रहे पनि निर्णयमा नपुगेको नेम्वाङको भनाई थियो । उनले पार्टीका शीर्ष नेताहरू संसद्मा कसरी प्रस्तुत हुने भनेर निर्णय लिनका लागि परामर्श भइरहेको मात्रै पत्रकारहरुलाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशनको पहिलो बैठक ४ बजे बस्दैछ । २०७८ भदौयता संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको एमालेले नयाँ अधिवेशनमा के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।
एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याएको र माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन गरिएको भन्दै एमाले संसद्मा अवरोध गर्दै आइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोहो विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । उक्त मुद्दा पटकपटक पेसी चढेपनि सुनुवाई हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार