अहिलेसम्म ८ जिल्लाको सबै पालिकामा मतगणना सकियो
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २१:२३:२४
३ जेठ, काठमाडौंँ । निर्वाचन आयोगले अहिलेसम्ममा ८ जिल्लाका सबै पालिकाको मत गणना सकिएको जनाएको छ । ८ जिल्लाको मत गणना सकिदा कांग्रे सबैभन्दा अगाडी छ ।
हालसम्म प्रदेश १ का २, वाग्मतीको १ , गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १÷१ जिल्लामा मतगणना सम्पन्न भएको छ । प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन ।
प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन् । यस्तै, तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३÷३ वटा जिल्लामा जित हासिल गरेका छन् ।
वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्न भएको छ । जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३ र एमालेले २ वटा पालिका जितेको छ । गण्डकी प्रदेशको म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्न भएको छ । म्याग्दीमा एमालेले ३ र कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन् ।
मुस्ताङका ५ वटा पालिकामध्ये एमालेले ४ वटा र कांग्रेस एउटा पालिकामा विजयी भएको छ । मनाङमा २÷२ वटा पालिका कांग्रेस एमालेले जितेका छन् । लुम्बिनी प्रदेशको पूर्वी रोल्पाका ९ वटा पालिकामध्ये माओवादी केन्द्रले ७ र कांग्रेसले २ वटा पालिका जितेको छ ।
सुदूरपश्चिमको दार्चुलामा एमालले ५ र माओवादीले ४ वटा पालिका जितेको छ । मधेस र कर्णाली प्रदेशको कुनै पनि जिल्लाको सबै पालिकाको मत गणना सम्पन्न भएको छैन । मधेस प्रदेशको महोत्तरी र रौतहट जिल्लाका कुनै पनि पालिकाको नतिजा आइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार