कम्पनीको दर्ता बिधि र कागजातका बारेमा जानौं
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २२:५१:३६
३ जेठ, काठमाडौं । नेपालमा व्यापार व्यवसाय गर्न कम्पनी दर्ता गर्ने प्रक्रियामा आजभोलि युवावर्गमा एकप्रकारको लत नै लागेको छ । जागिर भन्दा व्यवसाय गर्नुपर्छ भन्ने युवा वर्गको पहिलो रोजाइमा पर्न थालेको छ ।
सानो लगानीबाटै भएपनि युवाहरु व्यापार व्यवसाय गर्न रुचाउन थालेका छन् । सीमित तलबमा काम गर्न भन्दा युवाहरुले नाफामुखी हुने र छोटो समयमा आर्थिक रुपमा बलियो बन्न पनि व्यापार व्यवसाय रोज्न थालेका हुन । तर लहड र अति महत्वाकांंक्षाले व्यापार व्यवसाय गर्ने अनि बिना अनुभवको लगानीले उनीहरुलाई टाट पल्टिन पनि बेर नलागेका थुप्रै उदाहरण पनि छन् ।
त्यसैले यदि व्यापार व्यवसाय गर्ने मनसाय बनाउनु भएको छ भने तपाईले कम्पनीको दर्ता बिधि र कागजातका प्रक्रियाका बारेमा जान्नै पर्ने हुन्छ । अनिमात्र व्यापार व्यवसाय अगाडि बढाउन सहज हुन्छ । यसका बारेमा तपाईले जानकारी राख्नु भयो भने दलालहरुले तपाईबाट ठुलो रकम असुल्न पाउँदैनन् ।
नेपालमा मात्र होइन, विश्वका सबैजसो मुलुकमा कुनै पनि उद्यम गर्न कम्पनी दर्ता गर्नुपर्छ । तर नेपालमा धेरैजसोले कम्पनी दर्ता नगरी यत्तिकै चलाइरहेको पाइन्छ । कम्पनी दर्ता गरेर सञ्चालन गरेमा राज्यले दिने सुविधाका साथै बैंक तथा वित्तीय संस्थाबाट कर्जा पनि पाउन सकिन्छ ।
कुनै पनि नेपाली नागरिकले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन् । कम्पनी प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने तीन किसिमका हुन्छन् । यीमध्ये कुनै पनि कम्पनी खोल्न अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ ।
१ कम्पनी (क): उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुरुप प्रा.लि. तथा प्रा.लि. को रुपमा संस्थापन गरेका अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थालाई बुझिन्छ । यसले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ साथै यसले आफ्नो नामबाट नालिस उजुर पनि गर्न सक्छ ।
(ख) प्राइभेट कम्पनीः उपरोक्त क बमोजिम संस्थापित कम्पनीमा बढीमा ५० जनासम्म शेयरधनीहरुको कम्पनी हुन्छ साथै एकल शेयरधनी भएको कम्पनी पनि प्राइभेट कम्पनी अर्न्तर्गत पर्दछ ।
(ग) पव्लिक कम्पनीः उक्त क बमोजिम संस्थापित कम्पनीमध्ये प्राइभेट कम्पनीबाहेकको कम्पनी हो जसमा कम्तीमा ७ जना संस्थापक रहनु पर्ने र चुक्ता पूँजी कम्तीमा रु.१ करोड भएको हुनुपर्दछ ।
(घ) मुनाफा वितरण नगर्ने कम्पनीः कुनै उद्देश्य प्राप्तिको लागि आर्जित मुनाफा वा बचत गरेको रकमबाट लाभांश वा अन्य कुनै रकम सदस्यहरुलाई वितरण वा भुक्तानी गर्न नपाउने गरी कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित कम्पनी हो, जसमा कम्तीमा ५ जनासम्म संस्थापक रहने र यस्तो कम्पनीले आफ्नो नामको पछाडि सामान्यतया कम्पनी लिमिटेड वा प्रा.लि. जस्ता शब्दहरु लेखिरहनु पर्दैन ।
२ कम्पनी दर्ता
कुनै पनि कम्पनी दर्ता उद्योग मन्त्रालय अर्न्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयबाट हुन्छ जसको लागि देहाय बमोजिमका कागजपत्रहरु आवश्यक पर्दछन् ।
२.१ नेपाली नागरिक शेयरधनी रहने (मुनाफा वितरण नगर्ने समेत) गरी संस्थापन हुने कम्पनीको सम्बन्धमा अनुसूची १ बमोजिमको निवेदन । एकल शेयरधनी रहने प्रस्तावित प्राइभेट कम्पनी भएमा अनुसूची ९ बमोजिम, एकल बाहेक अन्य प्राइभेट कम्पनी भएमा अनुसूची १० बमोजिम, पव्लिक लिमिटेड कम्पनी भएमा अनुसूची ११ बमोजिम र मुनाफा वितरण नगर्ने कम्पनी भएमा अनुसूची १२ बमोजिमको प्रबन्धपत्र २ प्रति । प्रस्तावित कम्पनी प्राइभेट लिमिटेड भएमा अनुसूची १४ बमोजिम, पव्लिक लिमिटेड कम्पनी भए अनुसूची १५ बमोजिम र मुनाफा वितरण नगर्ने कम्पनी भए अनुसूची १६ बमोजिमको नियमावली २ प्रति ।
संस्थापक शेयरधनीहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । प्रा. लि.कम्पनीको हकमा र्सवसम्मत सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रतिलिपि । पव्लिक लिमिटेड कम्पनीको हकमा कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरुबीच कुनै संझौता भएको रहेछ भने सोको प्रतिलिपि । कुनै निकायको पूर्व स्वीकृति वा इजाजत आवश्यक पर्ने भए त्यस्तो निकायको स्वीकृति वा इजाजत । संस्थापक नेपाली कम्पनी “कानूनी व्यक्ति” भएमा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, नया संस्थापना हुन लागेको कम्पनीमा के, कति र कसरी लगानी गर्ने तथा संस्थापक कम्पनीको प्रतिनिधित्व गर्ने व्यक्तिको नाम खुलाइएको संचालक समीतिको निर्णयको प्रतिलिपि र प्रतिनिधिको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२.२ विदेशी नागरिक संस्थापक तथा शेयरधनी रहने गरी स्थापना हुने संयुक्त लगानी वा पूर्ण विदेशी लगानी हुने कम्पनीको लागि आवश्यक थप कागजपत्र । प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट नेपाल राज्यभित्र लगानी गर्न अनुमति पाएको इजाजतपत्रको प्रतिलिपि, संयुक्त लगानी हुने औद्योगिक कम्पनीको हकमा उद्योग विभागबाट स्वीकृति तथा संयुक्त लगानी सम्झौताको प्रतिलिपि, विदेशी व्यक्ति संस्थापक भएमा निजको राहदानी (पासपोर्ट) को प्रमाणित प्रतिलिपि र कानूनी व्यक्ति (कम्पनी) भए कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा कम्पनीले लगानी गर्ने सम्बन्धि निर्णयको प्रतिलिपि र कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिको मनोनयन पत्र एवं निजको राहदानीको प्रमाणित प्रतिलिपि ।
२.३ प्राइभेट र्फम
साझेदारी फर्मलाई कम्पनीमा परिणत गरी कम्पनी दर्ता गर्न आवश्यक थप कागजपत्र प्राईभेट र्फम र साझेदारी फर्मलाई कम्पनीमा परिणत गर्ने सम्बन्धमा संस्थापकहरुबीचको सम्झौता । नवीकरण गरिएको फर्म दर्ता प्रमाणपत्र । आयकर दर्ताको प्रमाणपत्रको प्रतिलिपि र कर फछ्र्यौटको प्रमाण वा सहमति । २.४ प्राइभेट लिमिटेडलाई पव्लिक लिमिटेडमा र पव्लिक लिमिटेडलाई प्राइभेट लिमिटेडमा परिणत गर्न आवश्यक कागजपत्रः फर्म (क) प्रा.लिलाई प. लि मा परिणत गर्न आवश्यक थप कागजपत्र अनुसूची ६ बमोजिमको निवेदन । साधारण सभाको निर्णयको प्रतिलिपि । कम्पनीमा कम्तीमा २५ प्रतिशत शेयर पव्लिक कम्पनीले खरिद गरेको कागजात । कम्पनीले कुनै पव्लिक कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर खरिद गरेको कागजात । प्रस्तावित ३ महले प्रबन्धपत्र र नियमावलीको १.१ प्रति ।
संस्थापक थप हुने भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि । (ख) प.लिलाई प्रा.लि.मा परिणत गर्न आवश्यक थप कागजपत्र अनुसूची ७ बमोजिमको निवेदन ।
साधारण सभाको निर्णयको प्रतिलिपि । पूँजी खुलेको लेखा परीक्षण प्रतिवेदन । शेयरधनी संख्या ७ भन्दा कम भएको कारणबाट पव्लिक लिमिटेडबाट प्रा.लि.मा परिणत हुने भएमा सोसम्बन्धि कागजात । प्रस्तावित ३ महले प्रबन्धपत्र र नियमावलीको १.१ प्रति । संस्थापक थप हुने भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२.५ विदेशी कम्पनीको दर्ता, शाखा कार्यालय र सर्म्पक कार्यालय स्थापना सम्बन्धि दफा १५४,१५५
अनुसुची २९ बमोजिमको ढांचामा निवेदन व्यवसाय वा कारोवार संचालनको लागि अधिकारप्राप्त अधिकारीबाट प्राप्त अनुमतिपत्र । कम्पनी संस्थापनको अधिकार पत्र, प्रमाणपत्र, प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि र सोको नेपाली अनुवाद । कम्पनीको मूल कार्यालय र कारोवार गर्ने मूख्य ठेगाना, कम्पनी संस्थापना भएको मिति, जारी पूजी र मूख्य उद्येश्य खुलेको विवरण । कम्पनीका संचालक, प्रबन्धक, कम्पनी सचिव वा प्रमुख पदाधिकारीस्को नाम, ठेगाना र निजहरुको नागरिकता सम्वन्धि विवरण ।
म्याद सूचना जारी हुँदा कम्पनीको तर्फबाट बुझिलिने आधिकारिक व्यक्तिको नाम ठेगाना खुलेको विवरण । नेपाल राज्यमा व्यवसाय वा कारोवार गर्ने भए प्रस्तावित लगानी र कारोवारको विवरण । नेपाल राज्यमा व्यवसाय वा कारोवार गर्ने मूख्य स्थान र ठेगाना । नेपालमा व्यवसाय वा कारोवार शुरु गर्ने प्रस्तावित मिति । कम्पनीको संचालक वा निजको प्रतिनिधिले कम्पनीको तर्फबाट गरेको उद्घोषण । दफा १५७ बमोजिमको अख्तियारनामा ।
२.६ शाखा थपको अभिलेख गर्ने कम्पनीको अनुरोधपत्र ।
संचालक समीतिको निर्णय प्रतिलिपि ।
हाल थप समेत कायम रहने शाखा विवरण ।
२.७ कम्पनी दर्ता सम्बन्धमा ध्यान दिनुपर्ने कुराहरु
प्राइभेट लिमिटेड कम्पनीको हकमा कम्तीमा एक जना र बढीमा ५० जनासम्म र प.लि. कम्पनीको हकमा कम्तीमा ७ जना संस्थापक शेयरधनीहरु हुनु आवश्यक छ । तर कुनै पव्लिक लिमिटेड कम्पनी संस्थापक भई अर्को पव्लिक लिमिटेड कम्पनी संस्थापना गर्दा ७ जना संस्थापकहरुको आवश्यकता पर्दैन । प्रबन्धपत्र र नियमावली यथाशक्य नेपाली कागजमा अथवा टिकाउ खालको कागजमा एकातर्फमात्र टाइप भएको हुनुपर्दछ । प्रबन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट नेपाली भाषामा तयार गरिएको हुनुपर्दछ । विदेशी लगानी हुने कम्पनीको हकमा प्रबन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट अंग्रेजी भाषामा तयार गरिएको हुनुपर्छ तर ती दुवैको नेपाली रुपान्तर पनि पेश गर्नु पर्दछ । प्रबन्धपत्र र नियमावलीको प्रत्येक पानामा तलतिर सबै संस्थापक शेयरवालाहरुले दस्तखत गरेको हुनुपर्दछ ।
प्रबन्धपत्र र नियमावलीको अन्तिम प्रकरणमा संस्थापक शेयरवालाहरुको पूरा नाम, ठेगाना, लिन कवुल गरेको शेयर संख्या र दस्तखतको साथ साथै प्रत्येक संस्थापकको दस्तखत मुनी स्पष्ट बुझिने गरी ल्याप्चे सहिछाप हुनुुपर्दछ । संस्थापक शेयरवाला पिच्छे एकजना साक्षीको पूरा नाम, ठेगाना र दस्तखत हुनु आवश्यक छ । नयाँ कम्पनी दर्ता हुँदा त्यस्तो कम्पनीको शेयर पूरानो कम्पनीले खरिद गर्ने प्रावधान राखिएमा पूरानो कम्पनीको आर्थिक अवस्था चित्रण भएको प्रमाण पेश गर्नुपर्छ । कम्पनी दर्ता गर्न आउँँदा संस्थापक शेयरधनीहरुमध्ये कम्तीमा १ जना शेयरधनी कार्यालयमा स्वयम् उपस्थित भै सनाखत गर्नुपर्दछ ।
स्रोत : (https://ocr.gov.np/page/1_5e2736171bccc)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार