सरकारले माग सम्बोधन नगरेको भन्दै एमाले सांसदद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २३:२६:३२
३ बैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठक अवरोध नगरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक भने अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपमहासचिन प्रदिप ज्ञवालीले संसद अवरुद्ध नगर्ने बताएका थिए ।
बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध गरेका हुन् । प्रतिनिधिसभामा भने एमालेको अवरोध हटेको छ ।
सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रिय सभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसदहरुले बताएका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा मंगलबारदेखि अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक प्रभावित हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार