धनुषामा एमालेले पनि पालिका प्रमुखमा खाता खोल्यो
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २३:३९:१
३ जेठ, जनकपुरधाम । नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ । औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् ।
उमाशंकर साहले तीन हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार ब्रह्मदेव यादवले दुई हजार ९२३ मत ल्याएका छन् । त्यसैगरी, कांग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकी कुमारी मण्डलले दुई हजार ७९० मत ल्याएका हुन् भने एमालेका उपाध्यक्ष उम्मेदवार पुनम कुमारी साह दुई हजार ९४९ मत ल्याएर मण्डललाई पराजित गरेकी हुन् ।
नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यसअघि सो पालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । योसँगै नेकपा एमालेले पनि पालिका प्रमुख धनषामा खाता खोल्न सफल भएको छ । यस नेपाली कांग्रेस धनौजी र लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् भने जसपाका उम्मेदवार जनकनन्दनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार