पूर्णाहुतिसहित गोरक्ष महायज्ञ समापन
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १७:१०:४७
४ जेठ, काठमाडौं । विश्व शान्ति र राष्ट्र कल्याणको संकल्पले वैशाख २३ गतेदेखि पशुपति क्षेत्रको मृगस्थलीमा भएको गोरक्ष महायज्ञ २०७९ पूर्णाहुतिसहित समापन गरिएको छ ।महायज्ञको पूर्णाहुतिमा स्वामी श्रीशनाथलगायत सन्त, महन्तको सहभागिता रहेको थियो । पशुपति क्षेत्रमा आयोजना गरिएको ११ दिने कार्यक्रम वैदिक तथा तान्त्रिक विधिले सञ्चालन भएको थियो । एक हजार ७७३ वर्षअघि राजा नरेन्द्रदेवको पालामा मृगस्थलीमै यो महायज्ञ आयोजना गरिएको इतिहास रहेको महायज्ञ आयोजक मूल समारोह समितिका उपसंयोजक केदारमान भण्डारीले बताए ।
त्यसबेला गोरखनाथले सबै नागलाई आसन बनाई राखेर महायज्ञ गर्दा किरा फट्याङ्ग्रा बढेर रोगको महामारी फैलिएको थियो । गोरखनाथलाई आसनबाट उठाउन कामरुप कामाख्यबाट मच्छेन्द्रनाथलाई ल्याएर नागलाई मुक्त गराएपछि कीटाणुले फैल्याएको प्रदूषण कम भई महामारी हटेर शान्ति स्थापना भएको विभिन्न ऐतिहासिक एवं धार्मिक पुस्तकमा उल्लेख गरिएको छ ।
महायज्ञका लागि कामरुप कामाख्यबाट दश महाविद्यामा सिद्धि प्राप्त गुरु डा दिवाकर शर्मालाई बोलाइएको थियो । उनको नेतृत्वमा ५१ जना वैदिक र तान्त्रिक गुरुहरु सहभागी भएर महायज्ञ सम्पन्न भएको आयोजक समितिका उपसंयोजक भण्डारीले सुनाए । महायज्ञमा देशभरका नाथ सम्प्रदायका मठाधीश, गुरु र भक्तजनको पनि सहभागिता रहेको थियो ।
महायज्ञमा हिन्दू, बौद्ध, जैन र शिख धर्मका गुरुलाई समेत समावेश गरिएको आयोजक समितिले जनाएको छ । ओमकार परिवारका यी चारै धार्मिक विधिअनुसार महायज्ञमा पूजा, आराधना र हवनसमेत सम्पन्न गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार