स्याङ्जाको वालिङमा नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १७:३८:२८
४ जेठ, स्याङ्जा । स्याङजाको वालिङ नगरपालिको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कृष्ण खाँण विजयी भएका छन् भने उपमेयरमा कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् ।
वालिङ नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका दीलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतान्तरले पछाडि पार्दै एमालेका कृष्ण विजयी भएका हुन् । बुधबार सकिएको मतगणना परिणाम अनुसार कृष्णले १३ हजार ७ सय ७६ मत प्राप्त गर्दा पराजित भएका दीलिपले ११ हजार ५ सय ९३ मत ल्याए ।
उपमेयरमा प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतान्तरले पछि पार्दै कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् । तिवारीले १२ हजार ८ सय २२ मत प्राप्त गरिन् । थापाले भने १२ हजार ३ सय ४० मत प्राप्त गरेकी छन् । थापा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसकी कल्पना तिवारीसँग उपमेयरमै पराजित भएकी थिइन् ।
वालिङ नगरपालिकाका १४ वडामध्ये कांग्रेसले ६ र एमालेले ८ वडाध्यक्ष जितेका छन् । निर्वाचन कार्यालयको सचिवालयका अनुसार वडा नम्बर १ मा कांग्रेसका पदमराज गुरुङ, २ मा कांग्रेसका पोतबहादुर लम्साल, ३ मा एमालेका भीमबहादुर गुरुङ विजयी भएका छन् ।
यस्तै ४ मा एमालेका हरिप्रसाद खनाल, ५ मा कांग्रेसका छवि आले, ६ मा एमालेका श्यामकृष्ण श्रेष्ठ, ७ मा एमालेका पाण्डुकुमार थापा, ८ मा एमालेका दामोदर तिवारी, ९ मा एमालेका अमृत श्रेष्ठ, १० मा कांग्रेसका सुनिल खनाल, ११ मा कांग्रेसका डण्डापानी पंगेनी, १२ मा एमालेका विश्वजंग गुरुङ, १३ मा एमालेका नमलाल डुम्रे र १४ मा कांग्रेसका राजु कुँवर अध्यक्ष निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार