लिखुको अध्यक्षमा कांग्रेसका अशोक र उपाध्यक्षमा एमालेकी अस्मिता विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १८:३१:३३
४ जेठ, ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार मिलन विष्टलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी भएका हुन् ।
कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार ४९२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी भएकी छन् । नेपाली कांग्रेसकी उम्मेदवार प्रेमकुमारी दाहाललाई एक हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित भएकी हुन् । थापाले चारहजार ११६ मत ल्याउँदा दाहालले तीन हजार ८३ मत ल्याएकी थिइन् ।
गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कटवालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मंगोलनेशनल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०-१० मत ल्याएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार