ठोरीको गाउपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी
आबिद हुसेन
जेठ ४, २०७९ बुधबार २२:५३:१९
४ जेठ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेकै गोकुली कुमारी रेग्मी निर्वाचित भएका हुन् ।
निकटम प्रतिद्वन्द्व नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पदमलाल ‘पिएल’ श्रेष्ठलाई ७ सय २० मतान्तरले पराजित गर्दै लालबहादुर बिजयी भएका हुन् ।
लालबहादुरले ४ हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले ३ हजार ३ सय २९ मत ल्याएका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्रीसमेत रहेका बृहस्पतिलाल श्रेष्ठले २ हजार ५ सय ४८ मत पाउँदा जनता समाजवादी पार्टी ‘जसपा’ का बिष्णु लोप्चनले २ सय १२ मत पाएका छन् ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामाङलाई १ हजार २ सय १६ मतले पराजित गर्दै एमालेकी गोकुली कुमारी रेग्मी निर्वाचित भएकी हुन् । रेग्मीले ४ हजार २ सय ५९ मत पाउँदा तामांगले ३ हजार ४३ मत पाएकी छिन् ।
नेपाली कांग्रेसकी चीनमाया लामाले २ हजार ४ सय ३१ मत पाएकी छिन् । जसपाकी धना पण्डित १ सय ७१ मतमै सिमित भएकी छिन् ।
ठोरी वडा नम्बर १ मा पनि एमालेकै धनमान थापा मगर ९६५१०, २ मा कांग्रेसका अमृत कृष्ण सापकोटा ९६२३०, ३ मा एमालेका शम्भु खड्का ९९०८०, ४ मा एमालेकै मान बहादुर थिंग ९११२१० र ५ मा नेकपमा माओवादीका अष्ट बहादुर लोप्चन ९८३५० बिजयी भएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार