पर्सागढी नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले बिजयी
आबिद हुसेन
जेठ ४, २०७९ बुधबार २३:५०:३
४ जेठ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका गोकर्ण पाठक निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका निवर्तमान नगरप्रमुख लोकनारायण यादवलाई २ हजार ८ सय ९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै पाठक निर्वाचित भएका हुन् ।
पाठकले ६ हजार ६ सय २४ मत पाएका छन् भने यादवलाई ३ हजार ७ सय ३३ मत परेको छ । जनता समाजवादी पार्टी ९जसपा० का सुरज कुमार मानन्धरले २ हजार ६ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रका चन्द्र भुषण सिंहले १ हजार ३ सय ७२ मत पाएका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीका सत्यनारायणप्रसाद दास थारुले १ हजार ३ सय ५७ र लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ का मैनुरदिन मियाले ५ सय १५ मत पाएका छन् ।
नगर उपप्रमुखमा पनि नेकपा एमालेकै पुजा चौधरी निर्वाचित भएकी छिन् । पुजाले ७ हजार ६ सय १६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले ३ हजार ४ सय ३० मत पाएकी छिन् । जसपाकी रंजना देवी यादवले २ हजार ४ सय ५५ मत पाएकी छिन् भने नेकपा माओवादी केन्द्रकी शोभावती कुमारीले १ हजार २ सय ७४ मत पाएकी छिन् ।
वडा नम्बर १ मा नेकपा एमालेका राजकपुर खवास ९७०४०, २ मा एमालेकै बीरेन्द्र प्रसाद महतो थारु ९८३३०, ३ मा कांग्रेसका सुकमान तामांग ९१३६९०, ४ मा जसपाका शेष खुर्सिद मियाँ ९९०९०, ५ मा लोसपाका नितेश मिश्रा ९६२३०, ६ मा स्वतन्त्र उम्मेदवार नवलकिशोर प्रसाद कलवार ९४९८०, ७ मा कांग्रेसका शंकर रायभर ९६२२०, ८ मा कांग्रेसकै सुन्दरी देवी थरुनी ९६८८० र ९ मा जसपाका रामबढाई प्रसाद यादव ९६०१० मतले निर्वाचित भएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार