सिद्धार्थनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १३:२७:०
५ जेठ, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरे । २०७४ को चुनावमा हार व्योहोरेका राणा ९ सय ९७ मतान्तरले पछाडि परे । निर्वाचित खान मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका थिए ।
यस्तै नगरपािलको उपप्रमुखमा भने एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ८ हजार ८ सय १३ मत पाएर निर्वाचित भईन भने उनकी प्रतिद्वन्दी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन् ।
यस्तै गठबन्धनबाट उपमेयरको उम्मेदवारी पाएकी माओवादी केन्द्र की कमला थापाले ४ हजार ५ सय ९२ मत ल्याइन । पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भए पनि एमालेले उपप्रमुख जितेकोे छ ।
१३ वडा रहेको सिद्धार्थनगरमा ४४ हजार ६ सय ५२ मतदाता छन जसमध्ये ३२ हजार ६७ जनाले मताधिकार प्रयोग गरेका थिए । १३ वडा मध्ये कांग्रेसले ५ वटा, एमालेले ४वटा वडामा, राप्रपाले ३ वटा र जसपाले एक वडामा विजय निकालेको छ ।
वडा नम्बर एक बाट ७ सय ५८ मत ल्याई जसपाका उज्जवल पोखरेल, दुई बाट ४ सय ४३ मत ल्याई राप्रपाका छेदीलाल श्रीवास्तव, तीनबाट ८ सय ७ मत ल्याई नारायण उपाध्याय, चारबाट ९ सय ७ मत ल्याई मुक्तिनाथ यादव, पाँचबाट २ सय ६५ मत ल्याई नेपाली कांग्रेसका पुरन प्रसाद श्रेष्ठ, छ का एक हजार १ सय ५ मत ल्याई नेपाली कांग्रेसकै विरेन्द्र नाथ श्रीवास्तव, सातबाट ५ सय ३३ मत ल्याई दामोदर शर्मा घिमिरे, र वडा नम्बर ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा १४ सय ८४ मत ल्याई विजयी बनेका छन् ।
यस्तै वडा नम्बर ९ बाट ८ सय ९४ मत ल्याई एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एक हजार एक मत ल्याई एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट ४ सय ८२ मत ल्याएर एमालेका दिलीप कुमार यादव, वडा नम्बर १२ बाट ६ सय ५५ मत ल्याएर एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट सोम बहादुर गुरुङले ६ सय ९३ मत ल्याएर विजयी बनेका छन् । वडामा आएका ८ अनुहार नयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार