मत पाउने एउटा, विजयी हुने अर्कै
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १३:३३:४४
५ जेठ, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् ।
एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका हुन् । आफ्नो नामको अंग्रेजी बर्णानुक्रम अनुसार प्राप्त हुने चुनाव चिन्ह बारे स्पष्ट नहुँदै चुनावी मैदानमा उत्रिएकाले राईको मतबाट खत्री विजयी भएका हुन् ।
नामको सुरुको अक्षरको अंग्रेजी बर्णानुक्रम अनुसार रतनबहादुरले चुनाव चिन्ह एक सुर्य र ज्ञानबहादुरले दुई सुर्य पाउनुपर्ने हो । तर निर्वाचन आयोगको मतदाता सुचीमा ज्ञानबहादुरको नाम ग्यानबहादुर भएकाले उनलाई निर्वाचन अधिकृतको कार्यालयले एक सुर्य चुनाव चिन्ह उपलव्ध गरायो ।
वर्णानुक्रममा ग्यानबहादुरभन्दा पछि आउने भएकाले रतनबहादुरलाई दुई सुर्य चिन्ह प्रदान गर्यो । तर उनीहरुले निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको चुनाव चिन्हका बारेमा ख्याल गरेनन् ।
र’ र ‘ज्ञा’को वणानुक्रम अनुसार रतनबहादुरले एक सुर्य र ज्ञानबहादुरले दुई सुर्य चिन्ह पाएकोमा दुबै ढुक्क थिए । रतनबहादुरले एउटा सुर्य चिन्ह देखाउँदै भोट मागे । ज्ञानबहादुरले पनि दुई सुर्य देखाउँदै दिनरात नभनी चुनावी घरदैलोमा खटिए ।
\उनीहरु एकले अर्कालाई भोट मागेको पत्तै भएन । ३० बैसाखमा मतदान भए । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएपछि भने ज्ञानबहादुर खंग्रङग भएका छन् ।
ज्ञानबहादुरले मागे अनुसार दुई सुर्यमा ४८५ मत र रतनबहादुरले मागेको एक सुर्यमा ३९७ मत प्राप्त भयो । मतको आधारमा दुई सुर्यवाला उम्मेदवार विजयी भए ।
निर्वाचन अधिकृतको कार्यालयले ‘र’ र ‘ग्या’को वणानुक्रम अनुसार दुई सुर्य चिन्हका रतनबहादुर बिजयी भएको भन्दै अन्तिम नजिता सार्वजनिक गरे । दुई सुर्यमा मत मागेका ज्ञानबहादुर भने मत पाएर पनि हार्न पुगे । उनको मतले रतनबहादुर बिजयी बन्न पुगेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा पनि रतनबहादुरले दुई सुर्य र ज्ञानबहादुरले एक सुर्य चिन्हमा लडेको उल्लेख छ । ज्ञानबहादुरलाई अन्य दलका मतदाताले समेत मत दिएका थिए ।
ज्ञानबहादुरलाई मत गएपछि सो वडामा गठबन्धन (माओवादी केन्द्र)का वडा सदस्यका उम्मेदवार बिमल लामा पराजित भएका छन् । लामाले ४०१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मत साटिएर फरक नजिता आएपछि ज्ञानबहादुर र रतनबहादरबीच बिवाद भएको छ । बुधबार उनीहरुबिचमा हात हालाहाल समेत भएको छ । नवनिर्वाचित वडाध्यक्ष र प्रहरीले दुई पक्षको विवाद मिलाउन सहजीकरण गर्नुपरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार