चुनावी परिणामबाट कांग्रेस उत्साहित वा निरुत्साहित छैन, सबै विषयको समीक्षा हुन्छः महामन्त्री शर्मा
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १४:६:३४
५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणामले कांग्रेस उत्साहित वा निरुत्साहित नभएको बताचएका छन् । उनले चुनवामा आएका केही परिणामले दालहरुका आगामी दिन समीक्षात्मक भएको बताएका छन् ।
महामन्त्री शर्माले सत्ता गठबन्धनमा रहेका दलहरुबीच गरिएको चुनावी तालेमेलका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको भन्दै समग्रमा तालमेल सकारात्मक रहेको बताएका छन् । निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा कांग्रेस पहिलो दल बन्ने निश्चित भएको बेला महामन्त्री शर्माको यो प्रतिक्रिया आएको हो ।
परिणाम आइसकेपछि भने निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा गरिने उनको भनाइ छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नै गर्न सक्दैन भन्ने पनि थियो । पहिले तीन चरणमा भएको थियो । तर, यस पटक एकै चरणमा भयो । परिणाम पनि उत्साहजनक आयो । परिणामलाई सकारात्मक भनेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘निर्वाचनमा भएको तालमेलबारे पनि समीक्षा हुन्छ ।’
कांग्रेस पहिलो दल बन्ने अवस्थामा पुग्नु कतै गठबन्धन दलहरूबीच भएको तालमेल त कतै एक्लै निर्वाचन लड्दा निकालिएको परिणाम भएको शर्माले बताए । उनले आगामी प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पनि तालमेल हुन सक्ने या नसक्ने विषय दलबीचको समझदारी र राष्ट्रिय आवश्यकता अनुसार हुने उनको भनाई छ ।
‘यो तालमेल स्थानीय तहको निर्वाचनको लागि थियो । तालमेल राम्रै भयो गठबन्धन दलहरूबीच’, शर्माले भने, ‘कांग्रेसले खोलो तरेपछि लौरो बिर्सने काम गर्दैन । त्यसको अर्थ देशभर तालमेल गर्नुपर्छ भन्ने छैन ।’ १७ चैतमा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दुई सय बढी स्थानीय तहमा तालमेल भएको थियो ।
तालमेलकै कारण २०७४ सालको निर्वाचनबाट पहिलो बनेको दल एमाले दोस्रो हैसियतमा रहने देखिएको छ । उनले अहिलेको निर्वाचनले सबै दलहरुलाई आफ्नो र आफ्ना नीति र व्यवहारकाबारे सोचेर समीक्षा गर्न बाध्य बनाएको शर्माले बताए । न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार