युगान्डाविरुद्धको तेस्रो खेलमा जित्नै पर्ने दवावमा नेपाल
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १५:३:१४
५ जेठ, काठमाडौं । युगान्डाविरुद्धको तेस्रो टी २० खेलका लागि बिहीबार मैदान उत्रदा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली जितसहित शृंखलामा पुनरागमनको सम्भावना कायम राख्न चाहन्छ ।
खेल दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि सोमबार र मंगलबार सम्पन्न पहिलो तथा दोस्रो खेलमा नेपालले युगान्डालाई क्रमशः १२ रन र एक विकेटको नतिजा सुम्पिएको थियो । पाँच खेलको शृंखलामा युगान्डा २(० ले अघि छ । आजको खेलमा पनि नतिजा सुम्पिएमा नेपालले दुई खेल अगावै शृंखला गुमाउने छ ।
नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी- २० ट्वान्टी शृंखला खेलेको हो । पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शका बाबजुद ब्याटिङमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल युगान्डालाई नतिजा सुम्पिन बाध्य भएको थियो ।जितका लागि एक सय तीन रनको लक्ष्य पछ्याएको नेपाल मात्र ९२ रनमा सीमित भएको थियो ।
दोस्रो खेलमा नेपालले युगान्डालाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा पनि ब्याटिङमा सोचेअनुरुपको प्रदर्शन हुन सकेको थिएन । अन्तिम केही ओभरमा लगातार युगान्डाको विकेट लिँदै जित नजिक पुगे पनि खराब फिल्डिङका कारण नेपाल निराश बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार