काठमाडौं उपत्यकाभित्रका स्थानीय तहको प्रतिस्पर्धामा किन कमजाेर देखियो माओवादी ?
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १५:२९:१२
५ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचन प्रतिस्पर्धामा उपत्यकाभित्रका स्थानीय तहहरुमा नेकपा माओवादी केन्द्रको उपस्थिति कमजाेर देखिएको छ । धेरै जसो ठाउँमा चुनावी तालमेल भएपनि उसको पालिका प्रमुखमा शुन्य उपस्थिति देखिएको हाे ।
काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा माओवादी केन्द्रको उपस्थिति शून्य हुने देखिएको हो । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुई वटा त महानगर छन् ।
अहिलेसम्म मतगणना जारी रहेका कुनै पनि स्थानीय तहमा माओवादी प्रतिस्पर्धीसम्म बनेको छैन । मतगणना सकिएको ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा मात्र माओवादी प्रतिस्पर्धी दल बनेको छ ।
जहाँ पहिले माओवादीले अध्यक्ष र उपाध्यक्षसँगै वडा नम्बर १, २ र ५ जितेको थियो । कांग्रेसले वडा नम्बर ३ र ४ जित्दा एमाले वडा र गाउँपालिकाको नेतृत्वबाट ‘क्लिन स्विप’ भएको थियो ।
यस पटक भने अध्यक्षमा एमालेका कृष्णमान लामा निर्वाचित भए । २०७४ सालमा उनी माओवादीका गोपीलाल सिङ्तानबाट पराजित भएका थिए । बाँकी १९ मध्ये केही स्थानीय तहको परिणाम आएको छ । महाङ्काल र बाग्मती गाउँपालिकामा भने दुई उपाध्यक्ष माओवादीले पाएको छ । अध्यक्ष भने कांग्रेसले जितेको छ ।
ललितपुर महानगरपालिकाको उपप्रमुखमा माओवादी उम्मेदवार बाबुराजा बज्राचार्य पराजित हुने सम्भावना बढ्दै गएको छ । माओवादी नेताहरूले त्यहाँ कांग्रेसबाट धोका पाएको भन्दै गुनासो गर्दै आएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावारी नगरपालिकामा माओवादीबाट प्रमुख हुने छैन । काठमाडौंको १० र भक्तपुरको चार स्थानीय तहबाट पनि माओवादी प्रमुख पदमा आउने सम्भावना देखिएको छैन । जबकि, यस पटक माओवादीले अघिल्लो पटक भन्दा बढी स्थानीय तहमा जित्ने सम्भावना छ । माओवादीले १०६ स्थानीय तहमा अघिल्लो पटक निर्वाचन जितेको थियो ।
यस पटक भने कम्तीमा ११५ स्थानीय तह जित्ने देखिएको छ । तर, काठमाडौं उपत्यकाको २० वटामध्ये एउटा पनि स्थानीय तहको नेतृत्व माओवादीले गुमाउने भएको हो । उसले विगतको इतिहासलाई पच्छ्याउन समेत नसकेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार