नागरिकता विधेयकमा गृहमन्त्रीको सक्रियता, खुमलटारमा प्रचण्डसँग कानूनमन्त्रीसहित छलफल
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १६:३४:३८
५ जेठ, काठमाडौं । संघीय संसदको चालु अधिवेशनबाटै राजनीतिक सहमति जुटाएर नागरिकता विधेयक पारित गराउन गृहमन्त्री बालकृष्ण खाँणले सक्रियता देखाएका छन् ।
उनले विधेयकमा दलीय सहमति नजुटाउने क्रमम बिहीबार कानूनमन्त्रीलाई समेत राखेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गरेका छन् । नागरिकता विधेयकबारे छलफल गर्न गृहमन्त्री खाँण र कानुनमन्त्री गोविन्द शर्मा प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
आज बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको छलफलमा नागरिकता विधेयक अघि बढाउने विषयमा कुराकानी भएको र संसदमा पेस गर्न बाँकीरहेका अन्य महत्वपूर्ण विधेयकबारे पनि छलफल भएको थियो ।
गृहमन्त्री खाँणले भने नागरिकता लगायतका विधेयकहरुलाई प्रतिनिधिसभाको जारी अधिवेशनमै राजनीतिक दलहरूबीचको सहमतिमा पेस गरी छलफल गराएर पारित गराउने विषयमा छलफल भएको बताएका छन् ।
खाँणले यसअघि पनि नागरिकता विधेयकबारे पटक–पटक विभिन्न दलहरूसँग छलफल गरिसकेका छन् । सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरिरहेकाले उनले यस विषयमा सक्रियता बढाएका हुन् ।
नागरिकता विधेयक आम नागरिकको सरोकारको विषय भएकाले दलहरूबीच भिन्न मत हुन नहुने र भरसक आफुले सहमतिको प्रयास गर्ने उनले बताएका छन् । जारी अधिवेशनबाट बजेट सार्वजनिक भएपछि सहमति जुटाएर नागरिकता विधधेयक संसदमा लाने तयारी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार