नयाँ जनप्रतिनिधिले आजदेखि स्थानीय सरकारको कार्यभार सम्हाल्दै
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १५:२७:३८
६ जेठ, काठमाडौं । आज शुक्रबारदेखि नयाँ निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकारको कार्यभार सम्हाल्दै छन् । कुल ७ सय ५३ पालिका मध्ये धेरैको नतिजा आइसकेको छ भने धेरै विजयी उम्मेदवारहरुले शपथ ग्रहण गरी प्रमाणपत्रसमेत लिइसको छन् ।
२०७४ मा निर्वाचत जनप्रतिनिधिहरुको कार्यकाल गएरातीदेखि सकिएपछि नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुक्रबारबाट सुरु भएको हो ।
निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबारबाटै सुरु भएको निर्वाचन आयोगले बताएको छ ।
पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । अहिलेसम्म प्रमुख पदमा महिलाको संख्या १७ मात्रै छ । तर, उपप्रमुखमा भने ७३ प्रतिशत उपस्थिति छ । अहिलेसम्म पुरुषले जितेका पालिका प्रमुखको संख्या ५८६ छ ।
प्रमुखमा नगन्य रहेका महिलाहरुको संख्या उपप्रमुखमा भने ७३ प्रतिशत छ । अर्थात ४३९ पालिकामा महिला उपप्रमुख रहेका छन् । एमालेले सबैभन्दा धेरै १८७ पालिकामा जितेकामा महिलाको संख्या १६५ छ ।
कांग्रेसले २४६ पालिकामा उपप्रमुख जित्दा महिला १८१ जना र माओवादीले ११५ पालिका उपप्रमुख जितेको छ ।
एकीकृत समाजवादीले जितेका १८ पालिकामा उपप्रमुखमध्ये ९ जना महिला छन । जसपामा १५ र लोसपामा ४ जना महिला निर्वाचित भएका छन् । अन्य दल र स्वतन्त्र गरी ९ जना महिला उपप्रमुख निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार