दाङमा मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १६:२०:५६
६ जेठ , दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुुर्घटनामा एक जना घाइते भएका छन् ।
कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ८६७९ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे सोही दिशातर्फ जाँदै गरेको रा १ ख ११२३ नम्बरको टिपरलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा १ क ५६५ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का २० वर्षीय आकाश सेनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार दाङको तुलसीपुरका २१ वर्षीय उत्तम केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै टिपर सहित चालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार